बुटवल : रसुवाको भोटेकोसी बाढीमा परेर बेपत्ता भएका प्रहरी जवान राजेन्द्र महतरा क्षेत्री अझै भेटिएका छैनन् । केही दिनअघि उनी भेटिएको भन्ने खवर सार्वजनिक भएपनि परिवारले त्यो सत्य नभएको बताएका छन् ।
झिमरुक गाउँपालिका वडा नम्वर २ प्यूठान निवासी क्षेत्री रसुवागढी नाकामा कार्यरत थिए । उनको खोजीकार्यका लागि सवैले सहयोग गरिदिन् परिवारले आग्रह गरेका छन् । क्षेत्रीका भाई नाता पर्ने किरणजंग महतरा क्षेत्रीले दाईको आज (शुक्रवार) सम्मको अवस्था अज्ञात रहेको बताए ।