- दुइवर्षदेखि अवरुद्ध कर्मचारी भर्ना खुल्यो
लोकसेवा आयोगले उपसचिव र सहसचिवको नयाँ भर्ना आह्वान गर्ने भएको छ । दुई वर्षदेखि अवरुद्ध हुँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगले बुधबार विज्ञाापन आह्वान गर्न लागेको हो । आयोग स्रोतका अनुसार विभिन्न सेवा समूह अन्तर्गतका झण्डै एक सय सहचिव र तीन सय उपसचिव पदमा भर्ना आह्वान गर्न लागिएको छ । आयोगका प्रवक्ता एवं सहसचिव किशोरजंग कार्कीले मंगलबारसम्म सबै संख्याको टुंगो लगाएर बुधबार विज्ञापन प्रकाशन गरिने तयारी गरिएको जानकारी गराए ।