हाल विज्ञापन गरिएका तर कुनै पनि परीक्षा नभएकाका हकमा भने सरकारले ती कर्मचारी आवश्यक नपर्ने भएको भन्दै माग फिर्ता गरे विज्ञापन रद्द पनि हुनसक्ने मैनालीले जानकारी दिए।
विभिन्न निकायबाट कर्मचारीको माग आएअनुसार सरकारको सिफारिसमा लोकसेवाले विज्ञापन र परीक्षा सञ्चालन गर्ने गर्छ। "हाम्रो ऐनमा माग गर्नेले विशेष कारणले माग फिर्ता गरेमा परीक्षा वा विज्ञापन रद्द गर्नसक्ने प्रावधान छ।
त्यसैले कसैले माग फिर्ता गरेमा भने परीक्षा रद्द हुनसक्छन्। अहिलेका हकमा कसैले पनि त्यस्तो माग फिर्ता गरेका छैनन्," मैनालीले भने।