Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिवार, जेठ २७, २०८०
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
राजनीति
  • Home
  • News
  • सर्वसम्मत सिफारिस भएका क्षेत्रमा चुनावी उत्साह
सर्वसम्मत सिफारिस भएका क्षेत्रमा चुनावी उत्साह
लुम्विनीका १२ निर्वाचन क्षेत्रमा सर्वसम्मत सिफारिस
64x64
बिहिवार, भदौ ३०, २०७९ आजको पोष्ट

बुटवल : प्रतिनिधी तथा प्रदेशसभा सदस्यमा सर्वसम्मत उमेदवार सिफारिस भएका जिल्ला र निर्वाचन क्षेत्रमा चुनावी उमंग छाएको छ । नेकपा एमालेका सम्वन्धित जिल्ला कमिटीले केही निर्वाचन क्षेत्रमा सर्वसम्मत उमेदवार सिफारिस गरेको छ ।

पार्टी केन्द्रिय कमिटीले उमेदवारको अन्तिम टुंगो लगाउन बाँकी रहेपनि सिफारिस भएका पात्रहरु नै उमेदवारको रुपमा आउने मतदातासम्म सन्देश पुगेको छ । नेता, कार्यकर्ताहरुले उमेदवारहरुसँगको तस्विर राखेर चुनावी प्रचार प्रसार समेत गरिरहेका छन् ।
‘जिल्लाबाट उमेदवारहरु सर्वसम्मत सिफारिस भएपछि कार्यकर्ता तहमा उत्साह जागेको छ’, नेकपा एमाले झिमरुक गाउँपालिका संगठन कमिटीका अध्यक्ष इन्द्रमणी पोखरेलले भने,‘मतदाता तहमा लैजाने कार्यक्रमहरुको बारेमा खाका बनाउँदैछौ । हामी सवै बस्तीमा पुगेर मतदातासँग चुनावी कार्यक्रम गर्छौ ।’

प्यूठानबाट प्रत्यक्षतर्फ प्रतिनिधीसभा सदस्यमा पार्टीका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा सर्वसम्मत सिफारिस भएका छन् । प्रदेशसभा सदस्यमा पार्टीका निवर्तमान जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सदस्य तुल्सीराम शर्मा निर्वाचन क्षेत्र नम्वर १ मा र निर्वाचन क्षेत्र नम्वर २ मा केन्द्रिय सदस्य एवं प्यूठान सह इन्चार्ज हरि प्रसाद रिजाल सिफारिस भएका छन् । यी तीनै जनाको नाम नै अन्तिम उमेदवारको रुपमा निर्णय हुने बुझिएको छ ।

राष्ट्रिय जनमोर्चाले पनि सिफारिस गरेर पठाएको नामावली अनुसार केन्द्रीय कमिटीले पार्टीका उपाध्यक्ष दुर्गा पौडेललाई उमेदवार बनाउने निर्णय गरेको छ । तर, गठवन्धनभित्र कसले टिकट पाउने भन्ने अन्यौलले चुनावी कार्यक्रम बनेका छैनन् । एमाले रुपन्देहीले पाँच निर्वाचन क्षेत्रमध्ये चार वटा क्षेत्रमा प्रत्यक्षतर्फ उमेदवार सर्वसम्मत निर्णय गरेर सिफारिस पठाएको जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए । सिफारिस भएका क्षेत्रमा स्थानीय मतदाताहरुमा उमंग छाएको उनले सुनाए । ‘अहिले आन्तरिक रुपमा भेला, भेटघाट र कार्यकर्ताहरुको गुनासा सुन्ने काम भइरहेको छ’,केसीले भने,‘केन्द्रले अन्तिम टुंगो लगाएपछि ठूला कार्यक्रमहरु तय हुन्छन् ।’

पाँच निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्वर २ लाई रुपन्देहीमा विशेष चासोका साथ लिने गरिन्छ । पूर्व अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्र भएकाले पनि यहाँ सवैको चासो हुने गरेको छ । पौडेलले यस क्षेत्रबाट निरन्तर तीन पटक चुनाव जितेर ‘ह्याटिक’ गरेका छन् । उनको यो चौथो प्रयास हो ।

प्रतिनिधीसभा सदस्य तर्फ लुम्विनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये १२ वटा क्षेत्रमा सर्वसम्मत उमेदवार सिफारिस भएको नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए । पार्टीका महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ २ हो । पोखरेलसँग माओवादीबाट पूर्व सभामुख कृष्ण बहादुर महरा प्रतिस्पर्धी हुने देखिएको छ ।

उपमहासचिव प्रदिप ज्ञवाली गुल्मी १ र एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट पार्टीका सचिव टोप बहादुर सायमाझी चुनाव लड्दै छन् । पार्टीका सचिव छविलाल विश्वकर्मा रुपन्देही १ बाट चुनाव लड्ने गरी पार्टीले सर्वसम्मत निर्णय गरेको छ । पोलिटब्यूरो सदस्य ठाकुर गैरे पाल्पा २ र खिमलाल भट्टराई रुपन्देही ५ बाट चुनाव लड्ने करिव निश्च्ति छ । कपिलबस्तु २ मा बृजेशकुमार गुप्ता, कपिलबस्तु ३ मा मंगलप्रसाद गुप्ता, रुपन्देही ४ मा कृष्णप्रसाद भूसाल र एउटा मात्र क्षेत्र रहेको रोल्पामा पूर्ण बुढा मगर चुनाव लड्दै छन् ।

 


प्रकाशित मिति: बिहिवार, भदौ ३०, २०७९, १२:४१:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम
जिम्मेवार नेता भ्रष्टाचारमा ‘लिप्त’ भएको भन्दै डा.ओमहरीद्धारा कांग्रेस परित्याग
राजनीति
भ्रष्टाचारी नेतालाई कारवाही नभए देशमा किन बस्ने ?
64x64
बिहिवार, बैशाख २८, २०८० प्रकाश खनाल
पुरा पढ्नुहोस्
राजनीति
एमालेले गर्‍यो टोप बहादुर रायमाझीलाई निलम्वन
64x64
बुधवार, बैशाख २७, २०८० आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
कर्मचारी कुटपिट : झिमरुकको आन्दोलनमा प्यूठानका सवै पालिकाको एक्यवद्धता बिहिवार, जेठ २५, २०८० 369
झिमरुकका कर्मचारी कुटेकोमा चौतर्फी निन्दा
गाउँपालिका अध्यक्षका छोराले कर्मचारीलाई हातपात गरेपछि सेवा अनिश्चित ठप्प
झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारीमाथी हातपात
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै !
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
पोष्ट
बाग्दुला–दम्ती कालोपत्रको प्रगती १५ प्रतिशत मात्रै ! प्यार अलि खाँन
स्व.बुवा आमाको सम्झनामा प्रतिक्षालय निर्माण आजको पोष्ट
रास्वपा प्यूठान नगर संयोजकमा पाण्डे प्यार अलि खाँन
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण बुधवार, जेठ १७, २०८०
बालेन ‘प्रो म्याक्स’ बन्न खोजिरहेछन् जनप्रतिनिधिहरु शनिवार, जेठ ६, २०८०
राजमो प्यूठानको अध्यक्षमा ज्ञामुराम आइतवार, बैशाख ३१, २०८०
आर्थिक
मुक्तिनाथ बैंकले दियो छात्रवृत्ति
महोत्तरीको एनएमबी बैंकमा पेस्तोलधारी समूहद्धारा दिउँसै ३८ लाख लुटपाट
सनराइजको वित्तिय साक्षरता
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP