पिपरा (कपिलवस्तु) : इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलेर ल्याइएका सामानहरु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रमुख एवं प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले टोलीले भन्सार छलेर लुकिछिपी भारतीय बजारबाट ल्याएको युरिया र डिएपी मल बरामद गरेको हो ।
५० केजीका २ सय १६ बोरा डिएपी र ५० केजीकै १० बोरा युरिया मल बरामद गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । उक्त मल नेपाली बजारमा विक्री गर्दा ५ लाख २८ हजार रुपैयाँ पर्छ ।
बाणगंगा नगरपालिका १० फदवा मेचकुरी निवासी सुलेमान मुसलवानले संचालन गर्दै आएको सुलेमान हार्डवयरको भन्ने सूचना अनुसार प्रहरीले निगरानी गरेको थियो । वाणगंगा १० का सन्तराम थारुको घरको कोठाबाट १ सय ५८ बोरा डिएपी, दशरथ शाहीको घरबाट २१ बोरा डिएपी, सिलाशान्ति कोहारको घरबाट ३३ बोरा डिएपी र सुलेमान मुसलवानको घरबाट १० बोरा युरीया र ४ बोरा डिएपी मल बरामद गरिएको छ ।