प्यूठान : महिला हिंसा विरुद्ध १६ दिने अभियान झिमरुक गाउँपालिकामा मंगलवारदेखि शुरु भएको छ । देशभर शुरु भएको अभियान अन्तर्गत झिमरुकले पनि विभिन्न कार्यक्रम सहित अभियानको थालनी गरेको हो ।
विभिन्न सचेतनामुलक प्लेकार्ड सहित सचेतना गाउँपालिका परिसरमा प्रभातफेरी गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेल, निवर्तमान अध्यक्ष तिलक जिसी, प्रमुख प्रसासकिय अधिकृत, जिल्ला अदालत प्यूठानका श्रेस्तेदार राजेन्द्र कुमार शर्मा, सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्याधिवक्ता नरेन्द्र देवकोटा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष महतरा क्षेत्रीले सवैखाले हिंसालाई उन्मुलन गर्नका लागि समाजका सवै वर्गहरु जागरुक हुनुपर्नेमा जोड दिए ।
प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौं भन्ने नाराका साथ अभियानको थालनी गरिएको हो । अभियान १६ दिनसम्म चल्ने छ ।