बुटवल : जेन्जी आन्दोलनका क्रममा आगलागी भएर नष्ट भएको उच्च सरकारी वकिल कार्यालय, बुटवललाई लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।
समुदाय केन्द्रित सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको संस्थाले बुधबार एक कार्यक्रम गरि कार्यालयलाई सहयोग सामग्री हस्तान्तरण गरेको हो । कार्यक्रममा लायन्स इन्टरनेशनलका ३२५ पि का डिष्ट्रिक गर्भनर बालाराम भट्टराईले जनताको सेवाप्रवाहसंग प्रत्यक्ष जोडिएको कार्यालय सुचारु गर्न लायन्सबाट सहयोग गरिएको बताए ।
आगलागीपछि आफ्नो मुद्दा तथा सेवा–प्रक्रियामा प्रभाव परिरहेको कार्यालयलाई यसले संस्थागत काम सुचारु गर्न सहज हुनेमा आशाबादी रहेको उनको भनाई छ । विश्वका २०० भन्दा बढी राष्ट्रमा क्रियाशिल सदस्यहरु रहेको लायन्सको आफनै पहिचान रहेको उनले बताए ।
आँखा र मधुमेह, अटिजम, टिउ बल्डबैक ,दातमा काम गर्दै आएको लायन्स नेपालमा भूकम्पपछि १८ विद्यालय निर्माण गरेर उपलब्धि हासिल गरेको बताए । यसका साथै शिक्षा, स्वास्थ्य र समुदायका क्षेत्रमा निरन्तर सेवा दिइरहेको उल्लेख गरे ।
कार्यक्रममा उच्च सरकारी वकिल कार्यालयका उप–न्यायाधिवक्ता प्रकास मरासिनीले आगलागीपछि चुनौतीपूर्ण अवस्थामा प्राप्त आएको यो सहयोगले कार्यालयका दैनिक सेवा, मुद्दा दर्ता तथा प्रविधि आधारित कामलाई द्रुत रूपमा सामान्य अवस्थामा फर्काउन मद्दत गर्ने बताए ।
उनले न्यायिक सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले गरिएको सहयोगबाट सेवाग्राहीले प्रत्यक्ष लाभ पाउने समेत जानकारी दिए । यो सहयोगले कर्मचारीहरुलाई जवाफदेहिता र उत्तरदायित्वतिर प्रतिवद्धता बनाउनेमा आशाबादी रहेको उनले बताए । कार्यालयबाट फौजदारी अपराधका पीडितलाई कानुनी जानकारी तथा परामर्श प्रदान गर्ने गर्दछ । आगजनीको क्रममा कार्यालय भवनको दक्षिणतर्फको भागमा बढी क्षति भएको छ । यसैगरि १० वटा कम्प्युटर, फाईलसहितका दराजहरु समेत जलेका छन । यसले सेवाप्रवाहलाई केही समय समस्या पारेको थियो ।
कार्यक्रममा उच्च अदालत बार एशोसिएसन बुटवलका अध्यक्ष गोविन्द प्रसाद मरासिनीले हालैका घटनाबाट धेरै न्यायिक संरचना प्रभावित भएको भन्दै २३ वटा अदालतसहित विभिन्न सरकारी संरचना जल्दा यसबाट ठूलो तथ्याकीय समस्या देखिएको बताए । उनले न्यायिक क्षेत्रमा प्रविधिमैत्री पूर्वाधार अत्यावश्यक भएको उल्लेख गर्दै लायन्स क्लबको सहयोग सराहनीय रहेको बताए ।
उक्त कार्यक्रमा लायन्स इन्टरेशनल डिष्ट्रिक ३२५ पि का निवर्तमा गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्ख , प्रस्ट भिडिजी सन्दीप कसौधन, उप–न्यायाधिवक्ता विष्णु प्रसाद आर्चाय, पूर्व गर्भनर अर्जुमान शैजु , एरिया ३ चिफ कृष्ण पाण्डे, सरकारी वकिल कार्यालयका अधिकृत बुद्धि प्रसाद पराजुली लगाएत उपस्थीत रहेको थियो ।