काठमाण्डौं : कृषि बिकास बैक लिमिटेड कर्मचारी संघले रक्तदान कार्यक्रम गरेको छ । शुक्रवार बैंकको ५९ औ बार्षिकोत्सवको अवसरमा मुख्य कार्यालय समितीले रक्तदान गरेको हो । अन्य प्रदेश समितीहरुले माघ महिना भित्र देशभरनै रक्तदान गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।
रगतको अभावमा हुने मानव जीवनको क्षतीलाई न्युनिकरण गर्न र रक्तदान गर्ने संस्कारलाई सेवा भावको रुपमा सन्देश दिने उद्देश्यले कार्यक्रम गरिएको मुख्य कार्यालय समितिका अध्यक्ष सुरेश कुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार १ सय २१ युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा संकलित रगत देशभरका अस्पताल र बिरामीहरुको रगत अभाव पुरा गर्न सहयोग हुनेछ ।
बीमा तथा वित्तिय सस्था कर्मचारी संघ नेपाल ९विफु नेपाल० का अध्यक्ष धर्मराज मैनालीको प्रमुख आथित्य तथा कृषि बिकास बैक कर्मचारी संघको अध्यक्ष छगेन्द्र आचार्य तथा कृषि बिकास बैक लि का प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, बिभागीय प्रमुख, शाखा प्रमुख सहित कर्मचारी ग्राहक तथा शुभचिन्तकहरुको कार्यक्रममा सहभागीता थियो ।
मुख्य कार्यालय समितीका अध्यक्ष सुरेश कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बैंक, बीमा तथा वित्तिय सस्था कर्मचारी संघ नेपाल ९विफु नेपाल०का अध्यक्ष, धर्मराज मैनालीको प्रमुख आथित्य तथा कृषि बिकास बैक कर्मचारी संघको अध्यक्ष छगेन्द्र आचार्य तथा कृषि बिकास बैक लि।का प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुख, शाखा प्रमुख सहित कर्मचारी ग्राहक तथा शुभचिन्तकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बैंक बीमा तथा वित्तिय सस्था कर्मचारी संघ नेपाल ९विफु नेपाल० का अध्यक्ष धर्मराज मैनालीले रक्तदान जस्तो मानवीय कार्यमा सवैको सहभागीतालाई उच्च प्रशसा गर्दै बैक र कर्मचारी संघले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानहरुलाई निरन्तरता दिन आग्रह गरे ।