सूर्य थापा प्यूठानको वास्तविक आवाज हुन् । अहिलेसम्म प्यूठानबाट संसदमा धेरै प्रतिनिधि पुगे पनि जनताको आवाज स्पष्ट सुनिएको थिएन । औपचारिक उपस्थिति मात्र हुन्थ्यो, परिणाम शून्य । तर, सूर्य थापा आएपछि प्यूठानले राष्ट्रिय मञ्चमा आफ्नो अस्तित्व महसुस गरायो । उनी मिठो भाषामा ताली बटुल्ने नेता होइनन्, प्रष्ट, खरो, निर्भीक र असरदार नेता हुन् । कतिपयलाई रुखो लाग्छ, छुच्चो जस्तो पनि लाग्छ, तर सत्य यही हो कि जब उनी बोल्छन्, नेपाल सुनिरहेको हुन्छ ।
सूर्य थापाले संघीय सांसदको रूपमा प्यूठानको चौतर्फी विकासमा निरन्तर सक्रिय पहलकदमी र इमानदार काम गरेका छन् । सडक, स्वास्थ्य, शिक्षा, कृषि र स्थानीय पूर्वाधार जस्ता प्रत्येक क्षेत्रमा उनले निष्ठापूर्वक काम गरेका छन् । उनी केवल भाषणमा सीमित छैनन् । काममा, निर्णयमा र जनतालाई सशक्त बनाउने काममा पनि निरन्तर सक्रिय छन् ।
२०७९ को प्रतिनिधि सभा निर्वाचन अत्यन्त चुनौतीपूर्ण थियो । त्यतिबेला एमाले विरुद्धको गठबन्धमा प्यूठानका मूल पार्टीहरू नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायत अन्य दलहरू एक साथ थिए । यस्तो प्रतिकूल परिस्थितिमा पनि सूर्य थापाले आफ्नो मेहनत, दृढता र जनताको विश्वासका बलमा गठबन्धनलाई पराजित गर्दै पहिलो पटक संसद यात्रा तय गरे। यो विजय केवल व्यक्तिगत सफलता थिएन, यो प्यूठानको आवाज राष्ट्रिय मञ्चमा ल्याउने ऐतिहासिक कदम थियो ।
विशेषगरी रवि लामिछानेको सहकारी प्रकरणमा सूर्य थापाको नेतृत्वले देशभर चर्चा पायो । संसदमा गठन भएको छानबिन समितिको उनले नेतृत्व गरे । निष्पक्ष, स्पष्ट र न्यायसंगत छानबिनले लामिछानेलाई दोषी ठहर ग¥यो र कानुनी प्रक्रिया अघि बढायो । यो सूर्य थापाको नेतृत्व र जिम्मेवारीको प्रत्यक्ष प्रमाण हो ।
सूर्य थापा नेपाली इतिहास, संस्कृति र पुरातत्व केन्द्रिय विभागका टपर समेत हुन् । उनी एमफिल र पिएचडी गर्दैछन् र पहिलो सेमेस्टरमा टपर रहिसकेका छन् । तथ्यमा विश्वास गर्ने र तथ्यसँगै निर्भिक रूपमा आफ्ना कुरा राख्ने उनी अध्ययनशील र व्यवहारिक नेतृत्वकर्ता समेत हुन् ।
आज प्यूठानका लागि सूर्य थापाको निरन्तरता अत्यावश्यक छ। वर्तमान चुनौतीपूर्ण अवस्थालाई अनुभवहीन नयाँ उम्मेदवारले सामना गर्न सक्दैन। यस्ता नयाँ उम्मेदवारहरूले प्यूठानको जटिल समस्या र राष्ट्रिय मञ्चमा प्रभावकारी प्रतिनिधित्व गर्न कठिन हुन्छ। प्यूठानलाई सुनेको बुझेको र प्यूठानी जनताको इजलासमा उत्कृष्ठ नतिजा सहित परीक्षित सूर्य थापाको अनुभव, स्पष्ट दृष्टि र असरदार नेतृत्वले मात्र प्यूठानको आवाज राष्ट्रिय स्तरमा मजबुत राख्न सक्छ।
सूर्य थापालाई चुनौती दिनेहरूलाई एउटै पीडा छ उनी चुप बस्दैनन्। उनी सधैं जनतालाई सुनाउँछन्, समस्यालाई उजागर गर्छन् र समाधानका लागि पहल गर्छन्। राजनीति केवल शब्दको खेल होइन, जनताको आवाज उठाउन सक्ने नेतृत्व चाहिन्छ, र सूर्य थापाले यही प्रमाणित गरेका छन्।
प्यूठानका मतदाताहरूका लागि सूर्य थापा केवल सांसद होइनन्। उनी प्यूठानको आवाज, प्यूठानको पहलकदमी, र प्यूठानको भविष्य हुन्। अब प्यूठानमा निर्णायक घडी आएको छ। अनुभवी, निर्भीक र असरदार नेतृत्व आवश्यक छ। सूर्य थापालाई फेरि निर्वाचित गरेर प्यूठानले आफ्नो आवाज राष्ट्रिय मञ्चमा स्पष्ट र प्रभावकारी बनाउने मौका गुमाउनु हुँदैन। उनी केवल सांसद होइनन्, उनी प्यूठानको आवाज, प्यूठानको पहलकदमी र प्यूठानको भविष्य हुन्।