बुटवल : सम्झौता अवधिभन्दा २१ महिना अघि नै योजना सम्पन्न गर्ने प्यूठानका निर्माण व्यवसायी बालाजु श्रेष्ठ सम्मानित भएका छन् । प्रदेश पूर्वाधार विकास प्राधिकरण लुम्विनी प्रदेशले बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
दाङको राप्ती गाउँपालिका वडा नम्वर ४ स्थित मौरीघाट माध्यमिक विद्यालयको भवन आँशु निर्माण सेवाका संचालक समेत रहेका व्यवसायी श्रेष्ठले सम्झौता अघि नै पुरा गरेका थिए । प्रदेश पूर्वाधार विकास प्राधिकरण मार्फत आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत अनुदान तर्फको आयोजनामा उक्त भवन निर्माण गरिएको थियो । बजेटको कुल लागत मुल्य अभिवृद्धि कर (भ्याट सहित) ५ करोड ५० लाख ४१ हजार ८५ रुपैयाँ थियो ।
प्यूठान नगरपालिका ४ विजुवार निवासी श्रेष्ठ निर्माणको क्षेत्रमा देशभरमै सफल व्यवसायी मानिन्छन् ।
योजना सम्पन्न गर्नुपर्ने समयावधि २०८४ साल जेठसम्म थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर छविराज पोख्रेलले व्यवसायी श्रेष्ठलाई प्रशंसापत्रद्धारा सम्मान गरेका छन् । प्यूठान नगरपालिका ४ विजुवार निवासी श्रेष्ठ निर्माणको क्षेत्रमा देशभरमै सफल व्यवसायी मानिन्छन् । उनले यसअघि पनि दर्जनौ कार्यालयका सरकारी भवन र पुलहरु समय अगावै निर्माण गरेर सम्मानित भइसकेका छन् । उनी नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान केन्द्रीय सदस्य समेत हुन् ।