झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोद पोखरेलको सक्रियतामा गाउँपालिकाका विभिन्न वडामा कुल १ हजार ७ सय वटा विभिन्न फलफूलका बिरुवाहरु वितरण गरिएको छ ।
वडा नं. १ को सौतामारे फेदी वडा नं. २ को कासीपोखरा र चिफ्लेटी, वडा नं. ३ को हल्ते अमराइ, नव्य आहालखोला, लामासेरा र हुगाडखोलाको मुख, वडा नं. ४ को बाङ्गेफेदी, कौछेटारी फेदी र चुधारा, वडा नं. ५ को मच्छी बजार र ढाडा बजार, वडा नं. ६ को घुम्नेठाँटी, चिसाबाङ, अर्गेली र चिचिण्डे, वडा नं. ७ को छातिपाटा र रातटारी तथा वडा नं. ८ को गब्दीमा बिरुवा वितरण गरिएको हो ।
वितरण गरिएका बिरुवामा आँप, लिची, अम्बा र कागती रहेका छन् । गाउँमै गुणस्तरीय फलफूलका बिरुवा पाएपछि किसानहरु उत्साहित भएको स्थलगत पुगेका उपाध्यक्ष पोख्रेलले सुनाए । उनले फलफूल खेती विस्तार, किसानको आयआर्जन वृद्धि र वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले बिरुवा वितरण कार्यक्रम गरिएको जानकारी दिए । किसानहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझावसमेत दिएका छन् ।