बुटवल : कर्णाली प्रदेशमा ४३ जना कोरोनाका बिरामी थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै कर्णालीमा संक्रमितको संख्या १ सय ६६ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार दैलेखमा मात्रै ७२ जनामा संक्रमण देखिएको छ ।
दैलेखमा एक युवाको कोरोनाका कारण मुत्यु भएको छ । त्यस्तै सुर्खेतमा २९ जनामा संक्रमण देखिएको छ भने सल्यानमा २५ जना संक्रमित छन् । त्यस्तै जुम्लामा दुई प्रहरीसहित १९ जनामा संक्रमण फैलिएको छ । कालिकोटमा १८ जना संक्रमित छन भने मुगु, बाजुरा र बझाङमा एक एक जनामा संक्रमण देखिएको छ ।