प्यूठान : झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धन बहादुर पुनले स्थानीय महिलाहरुलाई सीप सिकेर आय आर्जनमा जोडिए मात्र उद्यमशिल तालिमको उद्देश्य पुरा हुने बताएका छन् । गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम (मेड्पा) अन्तर्गत मर्कावाङमा संचालन गरिएको आठ दिने उद्यमशिलता बिकास तालिमको समापन कार्यक्रममा बोल्दै उनले सीप सिक्नुमात्रै ठूलो कुरा नभएकोले सिकेको सिपलाई जीवनशैली परिवर्तनमा लागु गर्न सुझाए ।

उद्यम बिकास सहजकर्ता सीता विकले आर्थिक बर्ष ०७९÷८० को लागी झिमरुक–६ मा ४० जना नयाँ उद्यमी उत्पादन गर्ने लक्ष रहेको बताइन । स्थानीय स्तरमा सहभागी महिलाहरुले रोजाईको सिपको तालिम दिइएको उनले सुनाइन । दोस्रो चरणको लागि २० जना उद्यमी उत्पादनको लागि बुधबारबाट कार्यक्रम शुरु भएको छ । यो तालिम पनि ८ दिन चल्ने छ ।