Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
विद्यार्थी दुई घण्टा पैदल हिड्नुपर्ने बाध्यता
64x64
शनिवार, पुष ३०, २०७९ केशरराज क्षेत्री

प्यूठान : गाउँमै माध्यमिक तहसम्मको पढाई नहुँदा विद्यार्थीलाई समस्या भएको भन्दै झिमरुक गाउँपालिका ५ प्यूठान स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय हिरापोखरीका अभिभावक मावी तह सम्मको पढाई संचालनका लागि कस्सिएका छन् । माबी चलाउने अभियानमा अभिभावकहरुलाई सवैभन्दा ठूलो भरोसा सहयोगी मनहरुको छ । ०३२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ८ सम्मको मात्र पढाई भइरहेको छ ।

आगामी शैशिक शत्रदेखि मावी तह (कक्षा ९–१०) संचालन गर्ने लक्ष्यका साथ विद्यालयले सहयोग संकलन अभियान थालेको छ । सहयोगका लागि विद्यालय र अभिभावकहरुले सार्वजनिक रुपमा सहयोगको अपिल गरेका छन् । कक्षा ८ देखि माथिल्लो तहको पढाईका लागि विद्यार्थीहरु बालशिक्षा माध्यमिक विद्यालय मच्छि र बलभद्र मावी बादीकोट पुग्नुपर्ने बाध्यता छ । कम्तीमा दुई घण्टा पैदल हिडेर विद्यार्थीहरु मच्छि जाने र बसमा चढेर आउँदा÷जाँदा दुई सय रुपैयाँ भाडा दैनिक रुपमा लाग्ने गरेको विद्यार्थीहरु गुनासो गर्छन् ।

‘हाम्रा छोराछोरीले टाढा पढ्न जाँदा दुःख पाए, यही मावी चलाउँ भनेर अभिभावकहरुले माग राख्नुभयो’,प्रधानाध्यापक यशोदा खड्काले भनिन्,‘अभिभावकहरुको माग र साथले नै हामी कक्षा बढाउने तयारी थालेका छौँ । सबैको सहयोग चाहिएको छ ।’

उनले मावी संचालनका लागि पूर्वाधार निर्माण र शिक्षक व्यवस्थापनका लागि कम्तीमा ५० लाख रुपैयाँ बजेट आवश्यक पर्नेे जानकारी गराइन् । १० कक्षासम्मको पढाई संचालन गर्न कार्यालय, पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्यूटर कक्षा, बालविकास सहित गरी कम्तीमा १५ वटा कोठा आवश्यक पर्छ । हाल विद्यालयमा ६ वटा कक्षा कोठा चालु अवस्थामा छन् । ५ कोठे नयाँ भवन निर्माणधिन छ । नयाँ भवन पुरा भइसकेपछि पनि चारवटा कोठा अपुग हुने खड्काले जानकारी गराइन् ओखरकोट क्षेत्रमा रहेका बस्ती सिस्नेखोला, बादीखोला, आप्रेखोला, खोरपानी, रातामाटा, ठूलापोखरा, सोरपोखरा, टापुटोल लगायका बालवालिका यहाँ पढ्न आउने गर्दछन् ।

छात्रा १ सय १६ र छात्र १ सय ४२ गरी कुल २ सय ५८ जना विद्यार्थी अध्ययनरत छन् । बालविकास सहित १० जना शिक्षकहरु कार्यरत छन् । कक्षा ८ मा ३० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक खड्काले जानकारी दिइन् ।

मावी तहसम्मको पढाई संचालनका लागि समुदायस्तरबाट सहयोग संकलन अभियान शुरु गरिएको आर्थिक तथा अक्षयकोष व्यवस्थापन समितिका संयोजक प्रदिप जिसीले जानकारी गराए । ‘पूर्व विद्यार्थी, शिक्षक र सहयोगी मनहरुलाई सार्वजनिक रुपमा सहयोगको आव्हान गरेका छौँ’,पूर्व विद्यार्थी समेत रहेका जिसीले भने,‘सवैतिरबाट सहयोगको आश्वासन पाएका छौँ । नयाँ शैक्षिक शत्रमा जसरी पनि मावी चलाउँछौ ।’


प्रकाशित मिति: शनिवार, पुष ३०, २०७९, ०७:४६:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालरोग विशेषज्ञको सेवापछि विरामीको चाप
परीक्षाको कापी फिर्ता नगरेपछि खनाल विरुद्ध प्रशासनमा उजुरी
कोरोनाको नयाँ भेरियन्टको जोखिम
उजिर सिंहमा रक्तदान
स्वास्थ्य /शिक्षा
लुम्विनी बौद्ध विश्वविद्यालयले भन्यो,‘भ्रम छर्न खोजियो, निन्दा गर्छौ’
64x64
बुधवार, मंसिर २८, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
प्यूठानको स्वास्थ्यमा झिमरुक उत्कृष्ट, के गर्‍यो नविनतम काम ?
64x64
शनिवार, आश्विन १, २०७९ केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP