प्यूठान : अवदेखि प्यूठान अस्पतालमा एक्सरे सेवा, भिडियो एक्सरे सेवा रेडियोलोजिस्ट डाक्टरद्वारा हुने भएको छ । अस्पतालमा पहिलोपटक रेडियोलोजिस्टको रुपमा झिमरुक गाउँपालिका–२ बादीकोट प्यूठानका डाक्टर छवि खड्का आएको अस्पतालका निमित्त मेडिकल सुपरटेन्डेन्ट डाक्टर राजेन्द्र पौडेलले जानकारी गराए ।
खड्का चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबाट रेडियोलोजिस्ट विषयमा एमडी गरेका छन् । नेपाल सरकारको छात्रवृत्तीमा डाक्टर खड्का जिल्ला अस्पताल आएका हुन् । एक्सरे सेवामा विषेशज्ञ सहितको स्वास्थ्य सेवा दिने अस्पतालले जनाएको छ । अस्पतालमा रेडियोलोजिस्ट नहुँदा मेडिकल अधिकृत, एम.डी.जी.पी डाक्टरहरुले सेवा दिँदै आएका थिए ।