Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमवार, चैत्र ३०, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • पूर्णिमाको पुनर्जन्म
पूर्णिमाको पुनर्जन्म
64x64
मंगलवार, पुष २८, २०७७ शशी खड्का (पौडेल )
कथा
 
कुरा आजभन्दा २७ वर्ष अगाडिको हो। दसैँको रमझममा को धनी, को गरिब, के युवा के बृद्धा सबै आपसमा मिलेर रमाइरहेका थिए। त्यो समयमा गाउँघरमा असाध्यै रमाइलो हुन्थ्यो।दशैँमा लैबरीको भाका गाउँदै परदेसिएका दाजुभाइहरू आउने हुँदा रातोमाटो बोकेर ल्याएर घर पोत्ने, आँगनको डिलमा झरीले माटो बगाएर झरेको ठाउँमा लिउन राख्ने  र लिपपोत गर्ने, घर वरिपरि रहेका झार उखेल्ने, बाटो बनाउने आदि गरेर रमाइलो वातावरण हुन्थ्यो। महिलाहरू घर सजाउन व्यस्त हुने, बालबालिकाहरू नयाँ लुगा लगाउन पाउने आशमा दसैँको स्वागत गर्न हतारिने, बृद्धा बुबाआमा छोराछोरी भेट्न पाउने आशामा थोता गिजा देखाएर मिठो हाँस्ने । भनिहालेँ नि दसैँको समय असाध्यै रमणीय हुने। धानका फूलहरूले पाहुनाहरूलाई स्वागत गर्ने र बारीमा फूलेका मखमली र सयपत्रीले सुगन्ध छर्दै अतिथि सत्कारमा हतारिने यस्तो मौसम कि म शब्दमा पनि वर्णन गर्न सक्दिनँ। 
 
नेपालका विभिन्न ठाउँमा दसैंलाई पन्ध्र दिन र दस दिनसम्म मनाउने चलन रहेको छ अथवा घटस्थापनादेखि दसैँको टीकाको दिनसम्म  मनाउने वा घटस्थापनादेखि पूर्णिमाको दिनसम्म मनाउने चलन ठाउँअनुसार फरक फरक रहेको  छ । तर पूर्णिमाको जन्मस्थानमा पन्ध्र दिन नै दसैं मनाउने थियो र अहिले पनि  छ। लिङ्गे पिङ, जाँते पिङ आदि राख्ने हुँदा गाउँघरमा बाबियो मागेर सङ्कलन गर्न केही युवाहरू व्यस्त थिए भने केही युवा खसी बोका खोज्न व्यस्त देखिन्थे। यसरी लामो समयदेखि तयारीपछि दसैँ आउँथ्यो र आयो। सबैको घरमा जमरा राखियो, धूपदीपको बास्ना हरर चल्न थाल्यो। के बालक, के युवायुवती,बृद्ध बृद्धा सबैको अनुहारमा खुसीयाली देखिन्थ्यो । महिलाहरू धारोमा गफगाफ गर्दै तल्लाघरे लीला दुईजीउको छिन्। उनको महिना लागिसकेको छ बच्चा जन्माइन् भने त टीका लगाउनै पाइँदैन भन्थे। टीका लगाउने दिन आयो सबैले आआफ्ना मान्यजनबाट आशीर्वाद थापे र लीलालाई धन्यवाद पनि दिए ।
 
दसैंको टीका लगाइसकेपछि सबै आफ्ना टाढा टाढा रहेका आफन्तहरूसँग आशीर्वाद थाप्न मानिसहरू व्यस्त हुन थाले । उता लीलालाई भने प्रसव  पीडाले च्याप्न थाल्यो तर पनि उनको घरधन्दा , पाहुनाको स्वागत सत्कार गर्दैमा दिन बित्थ्यो। उनलाई के भयो भनेर सोध्ने कोही थिएनन् । त्यो घर गाउँकै धनीमानी थियो तर लीलाचाहिँ धेरै काम गर्छे भनेर गरिबको छोरीलाई बिहे गरेर भित्र्याएका थिए। लीला गरिबकी छोरी भएकीले ठूलाबडाहरू कसैले उनको ख्याल गर्दैनथे।
 
लगातार चार दिन व्यथा लागेपछि पूर्णिमाको दिन बेलुका पूर्णरूपमा चन्द्रमा उदाएपछि एउटी ठूलो निधार, ठूलाठूला आँखा, गोरी र सलक्क परेकी बालिकाले जन्म लिइन्। उनको न्वारन गर्नका लागि प्रख्यात ज्योतिष बोलाइयो । ज्योतिषले नामाकरण गर्न लाग्दा उनको जन्मिएको लग्नअनुसार 'पू' बाट आउने नाम राख्न पर्छ त्यसैले बालिका पनि पूर्णिमाको चन्द्रमा जस्ती छिन् यिनको नाम पूर्णिमा राख्दा उपयुक्त हुन्छ भनेर पूर्णिमा नामाकरण गरियो। हजुरबुबा ज्यादै खुसी हुनुभयो। नामाकरण वा न्वारन धूमधामसँग सम्पन्न भयो।
 
पूर्णिमा हुर्किँदै गइन्। गाउँमा जनयुद्धको प्रभाव पर्न थालेको थियो। दिउँसो नेपाली सेना आउथे भने राति जनसेना आउन थालेका थिए। जनसेनाले चेतनाथलाई  युद्धमा  जान पर्छ भनेर बारम्बार दबाब  दिन थालेका थिए। पाँच वर्षकी  छोरी पूर्णिमा र  श्रीमतीलाई छोडेर एक रात चेतनाथ बेपत्ता भए।  त्यसको भोलिपल्टदेखि नेपाली सेनाले लीलालाई दु:ख दिन थाल्यो। मानसिक यातना दिँदै श्रीमानको बारेमा नबताए छोरीलाई  गायब बनाइदिने भन्दै धम्की दिन थाले भने  घरका सदस्यले छोरो आएपछि सम्पत्ति  दिने भन्दै त्यतिञ्जेलसम्म कमाइ गरी खा भनेर टारी खेत दिएर छुट्याइदिए।
 
लीलालाई गाईगोठमा राखिदिएर गाउँमा द्वन्द्व चर्किन थालेपछि  सासुससुराहरू सदरमुकाम  चरिकोट बसाइँ सरे। एकातिर श्रीमान् हराएका र अर्कोतिर सेनाले दिने धम्कीले मानसिक पीडा भएर छोरी पूर्णिमाको स्वाहारसुसार गर्न लीलाले सकिनन् र  पूर्णिमाको चन्द्रमा औँशीतिर ढल्किँदा कान्तिहीन भएझैँ  कान्तिहीन हुँदै गइन् पूर्णिमा। लीलाले छोरीलाई गाउँकै प्राथमिक विद्यालयमा भर्ना गरिदिइन्। बेलाबेलामा बुर्जुवा शिक्षाको विरोध भन्दै  विद्यालय बन्द हुने खुल्ने भइरहेपनि छोरीलाई पढ्न भने प्रेरित गरिरहिन्। उनले अरूको भनाइको वास्ता गरिनन् र अरूको अगाडि आँसु झारेर कहिल्यै रोइनन्। उनले सोचेजस्तै छोरीले पनि राम्ररी पढ्दै गइन्।
 
उनले सेनाको बुट प्रहार सहिन्, शारीरिक र मानसिक  यातनाबाट हार नखाइ छोरीलाई  पढ्नप्रति हौसला दिइरहिन्। नेपालमा शान्ति सम्झौता भएपछि भने लीलाले शान्तिको श्वास फेर्न पाइन्। पूर्णिमाको पढाइ,बानी व्यवहाको सबैले प्रशंसा  गर्न थालेे । छोरीलाई  देख्दा  लीला खुसी हुन्थिन् तर श्रीमानलाई सम्झँदा भने आँसु झार्थिन्। मानिस आशाको त्यान्द्रोमा लहरिएर पनि बाँच्न सक्ने प्राणी  भएकाले लीला  सबै पीडा सहेर  छोरीको लागि बाँचेकी थिइन्।
 
पूर्णिमाले साथीसँग गएर आफूलाई अप्ठ्यारो लाग्ने विषयलाई अतिरिक्त समयमा पढ्न  नपाए पनि गाउँभन्दा  केही टाढाको विद्यालयबाट एस. एल.  सी. दिएर दोश्रो श्रेणीमा  उतीर्ण भइन्। आमाको दु:ख, परिवारले गरेका उपेक्षा, गोठको बसाइ, बुबाको मायाको अभाव, आमालाई  दिइने शारीरिक  र मानसिक पीडा सबै सानै उमेरदेखि भोगेका हुनाले उनलाई दुःख पनि सुख जस्तै लाग्थ्यो। आफ्नो घरको, मेलाको र विद्यालयको सबै कार्य गरेर पूर्णिमाले विद्यालयीय अध्ययन पूरा गरिन् । 
 
आमाले  कापीकलम किनिदिन नसक्ने हुँदा असारमा अरूको मेला गएर  अलिअलि पैसा जम्मा गरेर कक्षा एघारमा पढ्ने रहर गरिन्। अरूका  बुबा खुसी भएर कुन कलेज पढाउने भन्दै कलेज खोज्न गएको देख्दा आफ्नो बुबा पनि हुनुभएको भए हामी कति खुसी सुखी हुन्थ्यौँ होला भनेर आँसु खसाल्थिन्।  छोरीको कक्षा एघारमा पढ्नेे रहर देेखेेर लीलाले कानको एउटा मुन्द्रा बेचेर भर्ना गरिदिइन्। 
 
 पूर्णिमाले जसोतसो  कक्षा एघार उत्तीर्ण  गरिन् तर कक्षा बाह्र कसरी पढाउने भन्ने पीर लीलालाई परिरहेको थियो । एकदिन माथिल्लो घरे सोमप्रसाद  आएर लीलासँग भने, तिम्रो ससुरा धनी सम्पन्न भए पनि ती पापीहरूले तिमीलाई यत्ति धेरै दुःख दिए। तिम्रो पति पनि बेपत्ता भयो। पूर्णिमाले पनि दुःख पाउने भई। तिमीलाई एउटा कुरा भन्छु तिमी मान्छ्यौ भने तिमीलाई पनि आनन्द हुन्छ र पूर्णिमालाई पनि सुख हुन्छ , पढ्न पनि पाउँछे  भने। लीलालाई हो कि जस्तो लाग्यो र भगवानको पनि यही चाहना हो कि मलाई सुख दिने भन्ने ठानिन्।
 
उनले छोरीलाई भनिन् तर छोरीले कमसेकम बाह्र उत्तीर्ण  गर्न पाए हुन्थ्यो भनिन्। आमाले छोरीलाई सम्झाउँदै भनिन् 'हेर नानी म तिमीलाई पढाउन सक्दिनँ, सधैँ तिमीले मेलापात गरेर कसरी पढ्छ्यौ? केटा खान्दानी छन् रे, केटाकी आमाले केटीले पढ्न चाहेको जत्ति पढाइदिन्छु भनेकी छिन् रे। एउटा मात्र छोरो रे। धनी र सम्पन्न भए पनि हामीलाई दाइजो चाहिँदैन, नानी र पानी मात्र  दिए हुन्छ भनेका छन् रे। फेरि त्यस्तो घर नपाइएला? दाइजो दिएर बिहे गरिदिने मेरो हैसियत छैन छोरी। तिमीले सुख पायौ भने त मलाई आनन्द हुन्थ्यो र यी जोरीपारीको अगाडि म खुसीले बाँच्न पाउने थिएँ । म एक्लो ज्यान त जसरी पनि पाल्छु नि छोरी एकपटक विचार गर।'
 
आमाको कुरा सुनेर पूर्णिमा ज्यादै दुखी भइन् र मनमनले भनिन् , 'यो कस्तो विवशता आफ्नो मुटुको टुक्रा सन्तानलाई गरिबीको कारण अरूको जिम्मा लगाएर खुसी हुनुपर्ने?' पूर्णिमाले आमाको आँखाबाट बगेको आँसु पुछिदिँदै भनिन्, रूनु पर्दैन आमा तपाइँलाई ठीक लाग्छ भने कुरा छिनिदिए हुन्छ म बिहे गर्न तयार छु।आमा खुसी भइन् । सोमनाथ पण्डितले  मन्दिरबाट दुई / चार जना आएर  बिहे गर्ने कुरो गरे। दाइजो केही दिन नपर्ने हुँदा पूर्णिमाकी आमालाई गाह्रो भएन। बिहेबारी सकियो पूर्णिमा नयाँ घर जानका लागि तयारी भइन् लीलाले रूँदै भनिन्, 'मैले केही दिन सकिनँ तर केटा असल छन् राम्ररी घर गरेर खानू ।'
 
पूर्णिमा रूँदैरूँदै अर्काको घरमा गइन्। लीलालाई औँशीको रातझैँ अन्धकार भयो। जे भए पनि आफूले जस्तो छोरीले दुःख भोग्न नपर्ने र नपरोस् भन्ने कामना गर्दै चित्त बुझाउँदै पूर्णिमाको बुबालाई सम्झिएर बर्बराइन्, हेर्नुहोस् पूर्णिमाका बुबा हजुर आज यहाँ हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला, मेरो त माया लागेन लागेन तर ती अबोध बालिकाको त माया लागेर घर आउनुपर्थ्यो । ती निर्दोष बालिकाको के गल्ती थियो र? हुन त लोग्ने मान्छे न हो मलाई पीडा दिएर कतै अरूसँग रमाउँदै बस्नुभएको होला?  लोग्ने मान्छे त धेरै स्वार्थी हुँदा रहेछन् तर हजुरजस्तो स्वार्थी ज्वाइँ नहोइदिऊन् नत्र छोरीले पनि मैले जस्तै दुःख पाउँछिन् भनी आँसु खसाल्दै आफू त्यो घरमा भित्रिएदेखि पाएको दु:ख , सहेको अपमान, आफूले गरेको सङ्घर्ष, छोरीलाई गरेको व्यवहार र आजसम्म गरिबकी छोरी भन्ने पाएको उपमा सम्झिएर बेसरी रोइन् । अब उनी नितान्त एक्लो भइन्।
 
अर्को तिर पूर्णिमा भर्खर  सत्र मात्र लागेकी हुनाले पनि होला उनमा बालापन गएको थिएन। सासु, श्रीमानको हेरविचार, घरको धन्दा सबै गर्न पर्ने भएकोले उनलाई फुर्सद नै हुँदैनथ्यो। श्रीमानले कार्यालयमा छुट्टी दिँदैन भनेर पञ्चरात गर्न जान मानेनन् तर सोह्र रात बिताउन भने ससुराली गए। लीलाले आफूले सकेको स्वागत र सत्कार गरेर भोलिपल्ट छोरीलाई बिदाइ गरिन्। छोरीको आँखामा खुसी देखेर उनी पनि असाध्यै खुसी भइन्। पूर्णिमा माइतबाट बिदाबारी भएर घर गइन्। उनका श्रीमान त्यति धेरै बोलेनन् उनले नयाँ भएर होला भन्ने सोचिन्। सासु सबै काम अराएर मन्दिर जान्थिन् र पूजापाठ गरेर आउँथिन्।
 
सासुले पूर्णिमालाई छिमेकीहरू खराब छन् नबोल है बुहारी भनेर समय समयमा सम्झाउथिन्। पूर्णिमाका श्रीमान् भने विहान उठेर चियाखाजा खाएर कार्यालयमा नै खाना खान्छु भनेर जान्थे। उनी घरको धन्दा सकेर कक्षा बाह्रको किताब पढ्थिन्। यसरी करिब छ महिना बित्यो।  उनका श्रीमानको सरकारी जागिर भएकोले उनी काज सकिएपछि फेरी आफ्नो पुरानै ठाउँ बैतडी काज फिर्ता भएर गए। उनले पूर्णिमा तिमीले स्नातक तह उतीर्ण नगरी बच्चा जन्माउन हुँदैन भन्दै गर्भ निरोधक औषधि खुवाएका थिए। पूर्णिमालाई आफ्नो श्रीमान् असाध्यै बुझ्ने र माया गर्ने एक असल मान्छे  लाग्थ्यो।
 
श्रीमान् काज फिर्ता भएर गएपछि महिनामा एक पटक घर आउँथे तर घर नआए पनि फोन भने गरिरहन्थे। फोनमा सधैँ राम्रोसँग पढ, आफ्नो ध्यान पढाइतिर लगाऊ, मेरो चिन्ता नगर सरकारी जागिर न हो कहिले कहाँ कहिले कहाँ सरूवा भइराख्छ। एकै ठाउँमा बस्न त अहिले मिल्दैन , केही समय त हो नि सरूवा भएर आउँछु अनि सँगै बसौँला भनेर सम्झाउँथे। सासुले पनि फुर्सद हुने बित्तिकै पढ है बुहारी भनेर पढ्नप्रति जोड गर्थिन् । त्यसैले होला पूर्णिमाले प्रथम श्रेणीमा उतीर्ण गरिन्। परीक्षाको नतिजा आएपछि श्रीमानले फोन गरेर बधाइ दिए भने सासुले म अब स्नातक तहमा भर्ना गरिदिन्छु भनिन्। 
 
पूर्णिमाका दिनहरू सहज रूपमा बित्दै गयो। दसैँको रमझममा पूर्णिमा र श्रीमान् पनि टीका लगाउन माइतमा गए। टीकाटालो सकिएर घर फर्कने समयमा ज्वाइँले सासुसँग भने हजुरले पूर्णिमाको केही चिन्ता लिनुपर्दैन, अब उनी स्नातक पढ्छिन्, जागिर खान्छिन् र हजुरको सपना पूरा गर्छिन् । केही समय सासु र ज्वाइँ बिचको भलाकुसारी पछि बिदाबारी भएर गए। यसरी पूर्णिमाको दिनहरू खुसीमा नै बितेको थियो। स्नातक पहिलो वर्षमा सासुले भर्ना गरिदिइन्।
 
त्यसपछि उनका श्रीमानले फोन गर्न पनि छोडे। सासुचाहिँ केटा मान्छे न हो फोन गरिहाल्छ नि भनेर सम्झाउँथिन् तर पूर्णिमाको मनमा अनेक कुरा खेल्न थालेको थियो। स्नातक पहिलो र दोस्रो वर्षको परीक्षा सकियो तर पहिले जस्तो न त श्रीमानले फोन गर्ने न त सासुले हौसला दिने। उनी यहाँ के हुँदैछ भन्ने सोच्थिन् तर पनि सोध्ने आँट भने गरेकी थिइनन्। दुई वर्षमा श्रीमान् तीन पटक मात्र आइपुगेका थिए। श्रीमानको व्यवहार पूर्ण रूपमा परिवर्तन भएको थियो।
 
एक दिन पूर्णिमाले सासुसँग श्रीमानको व्यवहारको बारेमा कुरा गरिन् तर सासुले त्यसको वास्ता नगर न म छँदै छु नि भनिन्। उनलाई केही त छ भन्ने लागेको थियो तर तेश्रो वर्षको परीक्षा आएकोले पढ्नमा व्यस्त भइन्। परीक्षा सकिएको केही महिनापछि उनले श्रीमानको मोबाइलमा फोन गरिन्। मोबाइल स्वीचअफ भएकाले कार्यालयको फोनमा सम्पर्क गरिन्। कार्यलय सहयोगीले फोन उठाएर सर त छोरो बिरामी भएर आज चार दिन भयो बिदामा बस्नुभएको छ। अरू के के भन्दै थिए कासले तर पूर्णिमालाई चक्कर लाग्यो र त्यहीँ ढलिन्। 
 
सासुले बेहोस भएको देखेपछि पानी छेपछाप गरिन् र एक घण्टापछि उनको होस आयो। उनी सपना हो कि विपना हो छुट्याउन सक्ने अवस्थामा थिइनन्। सासुले सम्झाउँदै भनिन् हेर बुहारी मैले तिमीलाई मागिदिने पण्डितलाई पलाञ्चोक भगवतीको मन्दिरमा भेटेर उहाँसँग सबै कुरा गरेकी थिएँ।  उनले तिम्री आमालाई असाध्यै दु:ख छ जे भने पनि मान्छे भने अनि मैले काम मिलाइदिएको भन्दै रू पाँच हजार दिएर पठाएँ। पूर्णिमा लाटी झैँ एकोहोरो भएर सासुको कुरा सुनिरहिन्।
 
सासुले म यो बजारको स्थानीय बासिन्दा होइन पछि यहाँ आएर बसेकी हुँ। म मेरो श्रीमानकी कान्छी श्रीमती हुँ। उहाँ आर्मीको माथिल्लो तहमा हुनुहुन्थ्यो। उहाँ मेरो गाउँ रामेछापमा जाँदा भेट भएको हो । उहाँले मलाई मन पराउनुभयो र बुबासँग आफू अविवाहित तर कामको चापले गर्दा बिहे गर्न ढिलो भएको भनेर मेरो हात माग्नुभयो र बिबाह भयो। बिहेपछि बनेपा बजारमा जग्गा किनेर यो घर बनाइदिनु भयो। उहाँ मलाई असाध्यै माया गर्नुहुन्थ्यो। कहिले कता कहिले कता गइरहन पर्ने हुनाले आफ्नो स्वास्थ्यको ख्याल गर है भनेर जानुहुन्थ्यो। अहिलेजस्तो फोन थिएन एक महिनामा फेरि आउनुहुन्थ्यो। मैले छोरा जन्माएँ उहाँले रवि नाम राखिदिनुभयो।
 
 छोरो दुईवर्षको भएपछि उहाँको सरूवा कञ्चनपुरमा भयो। त्यसपछि उहाँ चार वर्ष  आउनुभएन। मैले उहँको खोजी गरेँ। म उहाँको गाउँको घरमा गएँ। उहाँ घरैमा हुनुहुँदो रहेछ आफ्नो दुई छोरा र एक छोरीको साथमा। उहाँ त कञ्नपुर सरूवा भयो भनेर आफ्नै जिल्ला मकवानपुर पो जानुभएको रहेछ। म दिदी र छोराछोरीसँग माफी मागेेर त्यहाँबाट फर्किएँँ । म पीडा सहन नसकेर सिकिस्त बिरामी भएको थिएँ। त्यही बेलामा उहाँ माफ गर भन्दै आउनुभयो तर मैले घरभित्र पस्न दिइनँ।
 
म नारी भएर अर्की महिला र छोराछोरीलाई बेसहारा बनाएकी थिएँ। त्यसको चार वर्षपछि रवि दस वर्षको हुँदा उहाँको अचानक निधन भएको खबर आयो। त्यसपछि म एक्लै भएँ। हुन त म पहिले नै बिधवा भएकी नै थिएँ उहँले हामी दुवै जनालाई धोका दिनुभएको थियो तर त्यसपछि भने म साँच्चिकै बिधवा भएँ।त्यसपछि म कहिल्यै उहाँको परिवारलाई भेट्न गइनँ। म छोरालाई पढाउने, हुर्काउनेतिर लागेँ। मैले धेरै नै माया गरेछु कि क्या हो ऊ अलि मात्तिन थालेको थियो तर पढाइ भने राम्रो थियो। उसले एक्काईस वर्षमा स्नातक तह उतीर्ण गर्यो। बाईस वर्षमा उसलाई मैले लोकसेवा पढ्न प्रेरित गरेँ। तेईस वर्षमा नै नायक सुब्बामा नाम निकालेर डोल्पा गयो।
 
ऊ चार वर्ष डोल्पा बस्यो तर टाढा भए पनि आइरहन्थ्यो। मलाई असाध्यै माया गर्थ्यो। ऊ सत्ताईस वर्ष हुँदासम्म बिहे गर्न मानेन। मैले कर गरेँ त्यसपछि उसले तामाङकी छोरी बिहे गरेर छोरो जन्माइसकेको रहेछ। मेरो मनमा ठूलो भूकम्प गयो, मैले टेकेको जमिन भाँसियो, म त्यहीँ लडेछु, उसले मलाई अस्पताल लगेछ। मेरो चारदिन पछि होस आयो। उसले आफ्नो गल्ती स्वीकार्यो तर उसलाई नछोड्ने शर्तमा ऊ बिहे गर्न राजी भयो। उसले मलाई उसको बुबाले जस्तै धोका दियो। आफ्नो छोरा आफ्नो लागेन।  क्षेत्रीकी छोरी भएको भए पनि म घरमा भित्र्याउथेँ तर समाजमा श्रीमानले धोका दिए पनि एक्लै सङ्घर्ष गर्दै छोरोलाई असल मान्छे बनाइ भनेर प्रशंसा गर्नेले भोलि मलाई थुक्छन् भनेर मैले छोरोसँग उसलाई छोडिदेऊ भनेँ तर उसले म हजुरलाई छोड्न सक्छु भन्यो । मैले समाजको डरले भित्र्याइनँ।
 
एक्लो हुनुभन्दा त एउटी गरिब बाहुनकी छोरी पाए मागेर बिहे गरिदिन्थेँ  साथी हुन्थ्यो भन्ने लाग्यो र केटी खोज्न लगाएँ। तिमीले सबै कुरा थाहा पाएर पनि बिहे गर्न मानेको कुरा ती पण्डितले  बताएँ । म एकदमै खुसी भएँ र छोरालाई बोलाएर तिमीसँग बिहे गरिदिएँ। मैले रविलाई ऊ मसँगै बस्छे, पढाइदिन्छु, तिमी कहिलेकहीँ आउने गर भनेर फकाएकी थिएँ। यो मेरो योजना अनुरूप नै बिहे भएको हो भनेर सासुले सबै बताइन्।  पूर्णिमाले श्रीमानलाई फोन गरिन्। श्रीमानले आमाको योजनाअनुरूप बिहे भएको हो यसमा मेरो दोष छैन्, तिमीलाई बस्न मन नलागे घर छोडेर आफ्नो सुर गर्न सक्छ्यौ भने। उनले आत्महत्या गर्ने निर्यण गर्दै बिष सेवन गर्न लाग्दा मोबाइलमा स्नातक उत्तीर्ण  भएकोमा बधाइ छ भनेेर साथीले पठाएको सन्देश देखिन् ।
 
त्यसपछि  उनले आत्महत्या  कायरले गर्छन्, म कायर होइन,जीवन सुन्दर छ यसलाई अझ सुन्दर बनाउने आँफैले हो। आँपको रूखमा झटारो हान्छन्,हाँगा भाँचिदिन्छन् भनेर आँपको रूखले फल दिन छोड्दैन। मेरा लागि नेपाली सेनाको बुटको प्रहार खपेर,भाँचिएको खुट्टा लतार्दै काम गरेर आशाको दीप सल्काएर बसेकी एक साहसी आमाकी छोरी हुँ अब मरेर होइन लडेर यी मानिसहरूलाई देखाउँँछु भनेर दृढ संकल्प गरिन् । आफूले स्नातक तह उतीर्ण गरेको कुरा आमालाई खबर गरेर घर छोडी काठमाडौं आइन्। उनले काठमाडौंका गल्ली गल्ली चहारिन् कतै केही काम पाइनन्। आफूले लगाएका गहना बेचेर एउटा कोठा र अत्यावश्यक सामानको व्यवस्था गरिन् ।
 
काम नपाएर बेखर्ची भएपछि  एक जना आफन्त मामा पर्नेसँग  पैसा सापटी  मागिन् । ती मामा पर्ने व्यक्तिले  पैसा त दिन्छु  तर त्यसको बदलामा तिमीले पनि मलाई केही दिनुपर्छ आखिर तिम्रो श्रीमान पनि तिमीसँग छैनन्। तिम्रो समस्या पनि समाधान हुने र मेरो पनि । त्यति भनेपछि पूर्णिमाले त्यसको मुखमा थुकेर तेरो पैसा मलाई चाहिँदैन पापी तँ बेसहाराको फाइदा उठाउने भनेर गाली गरिन् । सबैतिर भौतारिँदा भौतारिँदै उनले एउटा निजी विद्यालयमा पढाउने काम पाइन् । त्यसपछि विद्यालयमा पढाउँदै लोकसेवा  तयारी गरिन्। दुई वर्षमा उनले शाखा अधिकृृतमा नाम निकालिन् ।  कति दुःख , पीडा, भोक, अपमान र सतित्व जोगाउन परेको सङ्कटलाई सहेर उनी सफल भइन्।
 
लीला छोरीले घर छोडेर हिँडेको थाहा पाएदेखि नै बिरामी भएर थला परेको थाहा पाएपछि उनले आमालाई उपचार गरिन् र निको भएपछि आमासँग आफूलाई लमी पण्डित, सासु र श्रीमानले दिएको धोका र आफूले पाएको दुःख सबै बताइन्। आमालाई  आफैँसँग राखिन्। त्यसको केही समयपछि पूर्णिमा काम विशेषले चितवन गएकी थिइन्। उनले त्यहाँ आफूले जीवनमा नसोचेको कुरा देखिन् जसका कारणले गर्दा आमाले बुट प्रहार,अनेक शारीरिक  र मानसिक यातना सहँदै आजसम्म दीर्घायुको कामना गर्दैै माया र सम्मान गरेर उहाँकै सम्झनामा मेरो मुख हेरेर आफ्नो जीवनका सुख र खुसीलाई तिलाञ्जली दिनुभएको छ तिनकै जीवन साथी त अर्केसँग घरजम गरेर ससुरालीमा दुई छोरी र एक छोराका धनी घरज्वाइँ भएर बसेका रहेछन्।
 
पूर्णिमाले कल्पना समेत गरेकी थिइनन् त्यस्तो होला भनेर जुन बुबाको अभाव, मायाममताको खाँचो महसुस भइरहन्थ्यो, आफ्नै आँखाले देखेपछि माया होइन घृणा लाग्यो। जसका लागि आमाले आफ्नो जीवन नै सुम्पिनुभएको थियो, तिनले धोका दिएर त्यसरी खुसी भएको देख्दा उनले चार महापुरूष आमालाई धोका दिने बुबा, सासुलाई धोका दिने ससुरा, आफूलाई धोका दिने लमी पण्डित  र श्रीमान् जो  श्रीमती सक्षम भएपछि तिमी मेरी श्रीमती हौ मलाई माफ गर।
 
म तिमीहरू दुवै जनालाई मिलाएर राख्छु भनी आएर सम्झाएको क्षण सम्झिँदा के संसारमा सबै पुरूष स्वार्थी र धोकेवाज नै छन् त भन्ने उनलाई लाग्यो। उनले आमालाई केही भनिन् यत्ति मात्र भनिन् आमाको पति भक्तिले गर्दा बुबा अहिलेसम्म जिउँदै हुनुहुन्छ जस्तो लाग्छ मलाई । आफूले श्रीमानको कुरा थाहा पाउँदाको क्षण सम्झिन् र आत्महत्या गर्न गएको अनि त्यति नै खेर परीक्षाफल प्रकाशित भएकोले आफूले पुनर्जन्म पाइ जीवनमा सफलता पाएकाले सबैजनालाई गुमाए पनि आमालाई गुमाउँदिन भनी उनले त्यो कुुुरालाई रहस्यको गर्भमा छोडिदिइन् र आफ्नो उन्नति र प्रगतिमा मात्र ध्यान केन्द्रित गर्ने दृढ संकल्प गरिन्। 
 
प्रतिक्रियाका लागि : [email protected]

प्रकाशित मिति: मंगलवार, पुष २८, २०७७, ०३:१२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
सुनौँ शिक्षकका पीडा !
फेरि नजन्माऊ आमा !
स्वास्थ्य /शिक्षा
यसरी हुँदैछ कक्षा १२ को परीक्षा
64x64
आइतवार, मंसिर ७, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
प्यूठानको स्वास्थ्यमा संस्थागत सुधारको प्रयास प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको विशेष पहल
64x64
बुधवार, कार्तिक १२, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान शनिवार, चैत्र १४, २०७७ 280
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
पोष्ट
प्यूठानमा १४५ जना पत्रकार आजको पोष्ट
स्टाट नभएर धकेल्दा बस दुर्घटना आजको पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
समाज
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी शनिवार, फाल्गुन २२, २०७७
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP