बुटवल : बुटवलका पत्रकार श्रीराम ज्ञवालीकी आमा १३ दिनदेखि घरपरिवारसंग सम्पर्क विहिन भएकी छिन् । रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सार गुल्मी स्थायी घर भएकी ६२ वर्षिय हरिमाया ज्ञवाली फागुन १६ गतेदेखि सम्पर्क विहिन भएकी हुन् ।
घरपरिवार र नेपाल प्रहरीले समेत घोजीकार्य तिव्र बनाउँदा उनी नभेटिएको छोरा ज्ञवालीले जानकारी दिए । बुटवल उपमहानगरपालिका ८ सुख्खानगर बस्दै आएका छोरा बुहारीसँग भेटघाट र उपचार गर्नका लागि बुटवल आएकी ज्ञवाली एक्कासी बेखवर भएकी हुन् ।
‘दिउँसो साढे तीन बजे घरबाट हिडेको सिसि क्याम्मराबाट देखिन्छ’,छोरा ज्ञवालीले भने,‘क्यामरा हेर्दै जाँदा चाँदबारी अन्नपूर्ण कलेजसम्म गएको देखिन्छ, त्यसपछि केही देखिदैन् ।’ उनले आमालाई चिन्नुहुने जो कसैले पनि आफूलाई सम्पर्क गरिदिन् आग्रह गरे ।