Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रवार, फाल्गुन २१, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
राजनीति
  • Home
  • News
  • अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
64x64
शनिवार, फाल्गुन १, २०७७ केशरराज क्षेत्री ,
विनोद खड्का

बुटवल : राजनीति जीवन शुरु भएदेखि नै सूर्य चिन्हबाट आफूले चुनाव लडेको स्मरण गराउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अझैपनि सूर्य चिन्ह कसको हो भनेर दोधारमा नरहन आग्रह गरेका छन् ।

नेकपा लुम्विनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको प्रदेशस्तरीय विशाल जनसभालाई सम्वोधन गर्दै ओलीले पार्टीको अनुशासनको सिमा नाघेर बाहिरबाट कराइरहेका केही तत्वहरुले सूर्य चिन्ह आफ्नो भएको भन्ने भ्रम फैलाइरहेको बताए । ‘वैशाखको चुनावमा हामी सूर्य चिन्हबाटै चुनाव लड्छौ’,प्रधानमन्त्री ओलीले भने,‘हामी जीवनभर सूर्य चिन्हबाट चुनाव लड्यौँ, तर यहाँ त कहिल्यै सूर्य बाट चुनाव नलडेकाहरुले पो सूर्य मेरो भन्दै छन् ।’

‘गाउँका सोझा जनताले पनि सजिलै बुझ्ने कुरा हो, सूर्य चिन्ह कसको हो भनेर ? यो पनि प्रश्न गर्नुपर्ने विषय हो र ?’,उनले कार्यकर्ताहरुलाई सोँधे । वैशाखमा चुनाव भएरै छाड्ने जिकिर गर्दै प्रधानमन्त्री ओलीले आउँदो चुनावमा आफूहरुले बहुमत ल्याउने समेत दावी गरे ।

आफ्नो परिवार मार्फत पार्टी र सरकार कव्जामा लिने सोँच भएका केही तत्वहरुले सरकार ढाल्न खोजेको प्रयास असफल भएको समेत उनले स्पष्ट पारे । ‘आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारको विरोध गर्ने । हामीले गरेका कामको कहिल्यै प्रशंसा नगर्ने । विपक्षी दलसँग मिलेर सरकार ढाल्न खोज्ने तत्वहरुको प्रयास असफल भएको छ ।’ उनले भने ।

‘कसैलाई म लोकप्रिय हुँ भन्ने लागेको छ भन्ने ताजा जनादेशमा गएर देखाए हुन्छ’,ओलीले भने,‘को लोकप्रिय को अलोकप्रिय वैशाखपछि फैसला हुनेछ ।’ वैशाखमा हुने निर्वाचनमा आफ्नो पार्टीले ५० लाख समानुपातिक मत लिने ठोकुवा गर्दै ओलीले त्यसलाई घटाएर देखाउन समेत चुनौती दिएका छन् । लुम्विनी प्रदेशबासीलाई ढुक्कभएर निर्वाचनको तयारीमा लाग्न र देश निर्माणको अभियानमा साथ दिन उनले आग्रह गरे । जनतालाई हप्काउने र धम्काउनेहरुको पछाडी नलाग्न समेत उनले कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ओलीले अपराधिक घटनाका दोषीहरुलाई पानीमुनी गएर भएपनि नछाड्ने सुनाए । उनले सरकारले तीन वर्षमा गरेका कामहरुको बारेमा फागुन ३ गते जनतालाई जानकारी गराउने समेत जानकारी गराए । प्रतिनिधीसभा विघटन संविधानको धारा ७६ को उपधारा ७ बमोजिम भएकाले संविधानसंवत रहेको जिकिर गरे ।

कुन नेता के बोले ?
बुटवलले देखायो असली नेकपा कुन हो ? : पौडेल
विशाल सभालाई सम्वोधन गर्दै पार्टीका स्थायी कमिटी सदस्य अर्थमन्त्री विष्णु पौडेलले नेकपा फूटेको नभई अझ शसक्त भएको सुनाए । पार्टीमा भएका केही अराजक तत्वहरु पाखा लागेको पौडेलको भनाई छ । ‘लोकतन्त्र सृदढ र सवल भएको देख्न नचाहानेहरु किनारा लागेका छन्’,नेता पौडेलले भने,‘सडकमा पुगेकाहरुको सोँच सत्ता र पार्टी कसरी कव्जा गर्ने भन्ने मात्र सोँच थियो, सपना चकनाचुर भएको छ ।’ पार्टीभित्रकै असहयोगका बीचमा पनि सरकारले ऐतिहासक कृतिमानीका कामहरु गरेको अर्थमन्त्री पौडेलले दावी गरे । चुनावको तयारीमा जुट्न आग्रह गर्दैै पौडेलले विगतमा हारेका जिल्लाहरुमा समेत चुनाव जितेर देखाउने ठोकुवा गरेका छन् । बुटवलको जनसागरले नेकपा फूटेर नभई अझ एक ढिक्का भएर अघि बढेको पुष्टि गरेको समेत उनले सम्वोधन मार्फत बताए । बुटवलको कार्यक्रमले देशलाई सन्देश दिने समेत उनले स्मरण गरे ।

प्रचण्ड–माधवको बुटवलको कार्यक्रम कोणसभा थियो : मुख्यमन्त्री पोखरेल
पार्टीकै स्थायी कमिटी सदस्य एवं लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यसअघि प्रचण्ड–माधव पक्षले बुटवलको सडकमा गरेको कार्यक्रमलाई कोणसभाको संज्ञा दिँदै बास्तविक जनसभा आफूहरुले देखाएको उल्लेख गरे । ‘नेता जोडेपछि आन्दोलन पनि जोडिन्छ भन्ने ठान्यौँ’,पार्टी एकीकरणको स्मरण गर्दै पोखरेलले भने,‘तर त्यस्तो रहेन्छ । केही नेताहरुले बाटो विराएका छन्, तर जनताले बाटो विराउनुभएको छैन् ।’ जनताबाट त्रास भई चुनावबाट भाग्न खोज्ने तत्वहरुले चुनाव हुँदैन भनेर भ्रम फिजाएको समेत उनले सुनाए ।
ढाडमा टेकेर टाउँकोमा हान्ने शैलीले प्रचण्ड आफैँ सडकमा पछारिएको मुख्यमन्त्री पोखरेलले बताए । ‘सडकमा पुगेर हामी यहाँ छौ भन्ने विलौनाको गित गाएका छन्’,पोखरेलले भने,‘जनमतभरी केपी ओली नेतृत्वको नेकपाको पक्षमा छ, जो जहाँ भएपनि कुनै फरक पर्नेवाला छैन् ।’ पार्टी अध्यक्ष र महासचिव एक भएको पार्टीलाई मात्र कानुनले चिन्ने जिकिर गर्दै पोखरेलले पार्टीको आधिकारिकताका विषयमा अन्यौलनमा नरहन समेत आग्रह गरे ।

सडकमा भौतारिएकाहरुले भ्रम छरिरहेका छन् : टोपबहादुर रायमाझी
पार्टी छाडेर सडकमा भौतारिएकाहरुले सरकार र पार्टीप्रति विभिन्न भ्रमहरु छरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री एवं स्थायी कमिटी सदस्य टोव बहादुर रायमाझीले बताए । प्रचण्ड माधव समूहले ७७ जिल्लाका जनतालाई काठमाण्डौँ बोलाएर देखाएको प्रदर्शनलाई आफूहरुले बुटवलमा गरेको जनसभाजति पनि नभएको दाबी गरे । ‘पार्टी एकताको शुरुवाती चरणदेखि नै अन्तरविरोध भयो’,रायमाझीले भने,‘त्यो विरोध केवल पदर प्रतिष्ठाको लागि मात्र थियो ।’ विगतको जनयूद्धको धङधगीबाट माथी उठ्न नेता रायमाझीले प्रचण्डलाई सुझाव दिए । ‘पद र प्रतिष्ठाको लागि सडकमा पछारिनुभएको छ’,उनले भने,‘चुनाव जितेर जे हुने मन लागेको छ भए भईगो नी ।’ बुटवल सिद्धेश्वरी मावी नजिकै खाली मैदानमा भएको जनसभामा प्रदेशका १२ जिल्लाबाट आएका कार्यकर्ताहरुलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे भएको थियो । अपेक्षाभन्दा धेरै जनसहभागीता भएको आयोजकले जनाएको छ ।

केवलुकार शिलन्यास
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबुलकार आयोजना निर्माणको शिलान्यास समेत गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नम्वर ३ बाट पाल्पाको तिनाउ बसन्तपुर डाँडा जोड्ने हिलस्टेशन सहितको केबुलकारको उनले शनिवार उद्घाटन गरेका हुन् । करिब ३ अर्बको लगानीमा आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी योजना निर्माणको शुरुवात भएको छ ।

चन्द्रागिरी केबुल कारपछि बुटवलमा निर्माण गरिने उक्त लोकेसन वेनेफिटको स्थानको आयोजना रहेको बुझिएको छ । आउँदो वर्षको फागुन १ गते वसन्तपुर डाँडामा केबुलकारको हुने ओलीले सम्वोधनका क्रममा बताए ।

 

 

 

 

a


प्रकाशित मिति: शनिवार, फाल्गुन १, २०७७, ०७:१६:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
टुक्रिएको नेकपा : दाङको सभासँग बुटवलको तुलना !
राजनीति
ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड–माधव समूहको निर्णय
64x64
आइतवार, माघ ११, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
राजनीति
प्रचण्ड–माधव ‘केमिस्ट्री’ टिक्ला ?
64x64
मंगलवार, माघ ६, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७ 89
सरकार र विप्लवबीच वार्ता शुरु
सरकारले तीन वर्षमा के गर्‍यो ?
अझैपनि सूर्य चिन्ह कसको हो भनेर सोधिरहनुपर्ने विषय हो र ?
जेष्ठ नागरिकलाई सम्मान गर्न ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम
जेष्ठ नागरिकको स्याहार गर्ने ‘छोरा बुहारी’ सम्मानित
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा माण्डवी गाउँपालिका अध्यक्ष नियूक्त
मन्त्री मणिले मागे माफी
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी
पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
प्यूठानको दाखाक्वाडीमा रोकिएन श्रीखण्ड चोरी आजको पोष्ट
खानेपानी मन्त्रीको विशेष चासो : स्वर्गद्धारीमा माडीको पानी ल्याइने विनोद खड्का
समाज
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
सम्झौतामा बिहे सोमवार, कार्तिक १७, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सोमवारदेखि आन्तरिक उडान सूचारु
बनिरहेको पुलका सामग्री बाढीले बगायो
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP