झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका प्यूठानमा नेकपा एमालेले दिएको अध्यक्ष पदको उमेदवारी फिर्ता लिएको छ । अध्यक्षका उमेदवार हुकुम बहादुर खड्काले उमेदवारी फिर्ता लिएका हुन् । उनले निर्वाचन अधिकृतको कार्यालय झिमरुक गाउँपालिकामा पुगेर आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी गराए ।
त्यस्तै, गाउँपालिका उपाध्यक्षमा उमेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रुपा जिसीले पनि उमेदवारी फिर्ता लिएकी हुन् । उमेदवारी फिर्ता लिएका दलले कसलाई सघाउने भन्ने वारेमा स्पष्ट प्रतिक्रिया दिएका छैनन् । स्रोतका अनुसार दुवै पार्टी मिलेर चुनाव लड्ने बुझिएको छ । झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनेमार्चाको चुनावी तालमेल भएको छ । जनमोर्चाले गाउँपालिका अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा उमेदवारी दिएको छ । सहमती गर्दैै तोड्दै आएका सत्ता गठवन्धनका तीन दलबाट माओवादी बाहिरिएको हो ।