गुल्मी : सत्यवती गाउँपालिका गुल्मीमा नेकपा एमालेका टिकाराम पाण्डे विजयी भएका छन् । यसअघि यस गाउँपालिका नेपाली कांग्रेसले जितेको थियो । सोमवार आएको मतपरिणाम अनुसार गाउँपालिका अध्यक्षमा एमालेका पाण्डेले ६ हजार २ सय ६७ मत लिएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६ सय ११ मत लिए । उनीहरुबीच ६ सय ५६ मतको अन्तर परेको छ । उपाध्यक्षमा एमालेकै निरमाया तरामुले गठबन्धनकी उम्मेदवार तेजकुमारी थापालाई हराउँदै विजयी भइन् ।