Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, जेठ १५, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
लोकसेवा / रोजगारी
  • Home
  • News
  • दुई चार जनाले निर्णय गरेर पारित गरेको विधेयक सबैलाई मान्य हुदैन : प्रधानमन्त्री
दुई चार जनाले निर्णय गरेर पारित गरेको विधेयक सबैलाई मान्य हुदैन : प्रधानमन्त्री
64x64
बुधवार, असार १७, २०७७ आजको पोष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कर्मचारीको हक अधिकार कटौती नगर्ने स्पष्ट पारेका छन् ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयक कर्मचारी विरोधी रहेको भन्दै कर्मचारी नेताहरूले बुधवार प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने क्रममा प्रधानमन्त्रीले दुई चार जनाले निर्णय गरेर पारित गरेको विधेयक सबैलाई मान्य नहुने बताएका छन् ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलसहित नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरिबहादुर रावल, नेपाल निजामती कर्मचारी युनियन(संघ)का अध्यक्ष गोपाल प्रसाद पोखरेल र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीलगायत कर्मचारी नेताहरूको समूहले प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।

बुधवार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आधा घण्टा भएको भेटमा कर्मचारी नेताहरूले राज्य व्यवस्था समितिद्वारा पारित विधेयकमा समावेश गरिएका असहमतिका बुँदाहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

सरकारप्रति कर्मचारीलाई आक्रोशित बनाउन षड्यन्त्रपूर्वक ढंगबाट राज्य व्यवस्था तथा सुशासन समितिले बिल पास गरेको छ । यसको विरोधमा धेरै माननीयले नोट अफ डिसेन्ट लेखेको अवस्थामा कर्मचारी त्यसको विरुद्धमा लागेको भेटमा सहभागी एक नेताले प्रशासनलाई बताए । सरकारले ल्याएको बिल धेरै हदसम्म ठिक थियो । अझ त्यसलाई सुधार गरेर राम्रो बनाउनु पर्नेमा यु टर्न भएर कर्मचारी विरोधी ऐन ल्याउन खोजिएको छ भन्दै कर्मचारी नेताहरूले यसलाई नमान्ने बताएका थिए ।

प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले आफू जिन्दगीभर आन्दोलन गरेर आएको मान्छे रहेको बताउँदै थप आन्दोलन नगर्न कर्मचारी नेताहरूसँग आग्रह गरे । भेटमा सहभागी नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै भने, ‘तपाईँहरूका कुरा मलाई सुनाउनु पर्दैन जम्मै थाहा छ । ट्रेड भन्ने शब्दै हटाएर ल्याएका छन् । मैले तपाईँहरूको साबिकका हक अधिकारहरू नघटाई राख्नुपर्छ भनेको थिए । समितिका दुई चार जना मिलेर निर्णय गर्दैमा त्यो मान्य हुँदैन । मन्त्रीले पनि मान्दैन, प्रधानमन्त्रीले पनि मानेको छैन । ’

प्रधानमन्त्री ओलीले थपे,‘के ढंगले यस्तो गरिएको त्यो मलाई थाहा छैन, यो सरकारले मान्दैन । निजामती सेवा विधेयक सरकारी विधेयक हो । त्यहाँ छलफल हुन्छ । त्यहाँबाट पास हुने बित्तिकै ऐन बन्ने पनि होइन । त्यसको प्रक्रिया छ, फेरि त्यसमा छलफल भएर तपाईँहरूका हक र अधिकारहरू तपाईँहरूले भने अनुसारमा रहेर राष्ट्रिय स्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियन सरकारसँग वार्ता, सौदावाजी गर्न पाउने गरी तपाईँहरूले भनेअनुसार ऐन पास हुन्छ । ढुक्क हुनुस् ।’


प्रकाशित मिति: बुधवार, असार १७, २०७७, ०७:२०:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपसचिवको नतिजा सार्वजनिक (नामावलीसहित)
अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने
भारी संख्यामा लोकसेवा खुल्दै, कुन पदमा कति ?
निजामती सेवा विधेयकविरुद्ध आन्दोलन गर्ने चेतावनी
लोकसेवा / रोजगारी
प्रदेस सचिब र स्थानीय तहको प्रमुख प्रसासकिय अधिकृत प्रदेस सेवाको हुने : बिधेयक बहुमतले पास प्रदेश निजामती सेवा तयार नहुँदासम्म दुबै पदमा कर्मचारी संघीय सरकारले पठाउने छ
64x64
सोमवार, असार १५, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
लोकसेवा / रोजगारी
आन्तरिक प्रतिस्पर्धाबाट माथिल्लो तहमा जान बन्देज ,नयाँ अनुहार प्रवेश गराउन खोजेको सांसदहरूको दाबी राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को पदपूर्ति गर्दा खुला प्रतिस्पर्धाका लागि ८० र आन्तरिक बढुवामा २० प्रतिशत छुट्याइएको छ 
64x64
सोमवार, असार १५, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल शुक्रवार, जेठ १३, २०७९ 154
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
पोष्ट
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी गंगा खड्का
झिमरुक ४ मा पोखरेल विजयी आजको पोष्ट
झिमरुकमा जिसीभन्दा एमसी अगाडी आजको पोष्ट
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
बुवाको हारलाई छोराले बिर्साइदिए मंगलवार, जेठ १०, २०७९
मोहन विक्रमको वडामा एमाले विजयी मंगलवार, जेठ ३, २०७९
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी मंगलवार, जेठ ३, २०७९
आर्थिक
जाल्पाको हेडक्वाटर अब बुटवलमा
बुटवल जितगढी क्षेत्रमा बैंकको माग
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP