Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतवार, जेठ १५, २०७९
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
लोकसेवा / रोजगारी
  • Home
  • News
  • भारी संख्यामा लोकसेवा खुल्दै, कुन पदमा कति ?
भारी संख्यामा लोकसेवा खुल्दै, कुन पदमा कति ?
64x64
शुक्रवार, आश्विन १६, २०७७ आजको पोष्ट

काठमाण्डौँ : सरकारले कोभिड–१९ का कारण रोकिएका सबै भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकले गत आर्थिक वर्षमा रोकिएका तथा यो आर्थिक वर्षमा सुरु हुन नसकेका कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई सहमति दिएको हो । 

कोरोनाको जोखिम तथा खर्च कटौतीका लागि भन्दै सरकारले गत वैशाखमा सबै भर्ना रोकेको थियो । राज्य सञ्चालनका आधारभूत कुराहरूलाई निरन्तरता दिनुपर्ने भएकाले सबै भर्ना प्रक्रिया अघि बढाइएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए । 

रिक्त पदको पदपूर्ति गर्न लोकसेवा आयोगबाट भएको विज्ञापन भएर पदपूर्ति नभएका, विज्ञापन आह्वान गर्न बाँकी रहेका र नियमित विज्ञापन पदपूर्तिसम्बन्धी व्यवस्था अघि बढाउने निर्णय भएको उनको भनाइ छ । आधा सम्पन्न भइसकेका कतिपय परीक्षा सुरु गर्न सरकारले यसअघि नै सहमति दिइसकेको थियो । जसअनुसार अधिकृत, नासुको परीक्षाको तालिका समेत सार्वजनिक भइसकेको छ । सुरक्षा निकायले पनि भर्ना प्रक्रिया अघि बढाएका छन् । 

गत आर्थिक वर्षमा १४ हजार चार सय ९२ पदमा अघि बढेको भर्ना प्रक्रिया रोकिएका थिए । सुरक्षा निकाय तथा संगठित संस्थाअन्तर्गत मात्र ११ हजार सात सय ९३ पदमा भर्ना रोकिएको थियो । 

नेपाली सेनाले अधिकृत क्वाडेटमा एक सय ५०, प्राविधिकतर्फ ५६ तथा सैन्यमा ६ हजार ७६ पदका लागि लिखित परीक्षाका लागि आयोगलाई पत्राचार गरे पनि सम्पन्न हुन सकेको थिएन । नेपाल प्रहरीमा चार हजार ६६ पदमा भर्ना प्रक्रिया अघि बढेकोमा रोकिएको थियो । नेपाल प्रहरीले इन्स्पेक्टर र असइको भर्ना प्रक्रिया अघि बढाएपछि लोकसेवासम्म पुगेको थिएन । त्यस्तै, सशस्त्र प्रहरी बलको पाँच सय तीन पदमा भर्ना प्रक्रिया रोकिन पुगेको थियो । 

दुग्ध विकास संस्थानको एक सय ८०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक सय ५२, बिमा समितिको १५, राष्ट्रिय अनुसन्धान विभागको दुई सय ३२, नेपाल आयल निगमको एक सय ३१, नेपाल टेलिभिजनको एक सय ८७, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ४३ र नेपाल नोटरी पब्लिकको दुई पदमा अघि बढेको भर्ना पुनः सुरु हुने भएको छ । 

त्यस्तै निजामतीतर्फका २६ सय ९९ पदको परीक्षा प्रक्रिया अवरुद्ध भएको थियो । एक हजार तीन सय ४८ पदमा सरकारले अर्काे निर्णय नगरेसम्मका लागि भनेर भर्ना स्थगन गरेको थियो । निजामतीतर्फ राजपत्रांकित प्रथम श्रेणी, (प्राविधिक, राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका सातौँ र आठौँ तहको परीक्षा रोकिएको थियो । खुलातर्फको राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पनि सरकारको निर्णयमा रोकिएको थियो । राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक)का लिखित परीक्षा हुन बाँकी सबै विज्ञापन अर्काे निर्णय नभएसम्मका लागि रोक्ने निर्णय भएको थियो । 

संस्थानतर्फ नेपाल वायुसेवा निगम, नेपाल नोटरी पब्लिक परिषद्, नेपाल धितोपत्र बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल प्रेस काउन्सिल, राष्ट्रिय पुनर्बिमा कम्पनी लिमिटेड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नेपाल विद्युत् प्राधिकरणमा समेत रोकिँदा सरकारी सेवाका आकांक्षामा रहेका हजारौँ युवा–युवती अन्योलमा परेका थिए ।

यो आर्थिक वर्षको क्यालेन्डर पनि प्रभावित भइसकेको छ । आयोगले क्यालेन्डर संशोधन गरेर भर्ना प्रक्रिया अघि बढाउन लागेको छ । परीक्षाका लागि स्वास्थ्यसम्बन्धी मापदण्ड बनाएर कार्यान्वयन गरिने आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईंले बताइन् । -आजको नयाँ पत्रिकामा खवर छ ।


प्रकाशित मिति: शुक्रवार, आश्विन १६, २०७७, ०८:२०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपसचिवको नतिजा सार्वजनिक (नामावलीसहित)
अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने
दुई चार जनाले निर्णय गरेर पारित गरेको विधेयक सबैलाई मान्य हुदैन : प्रधानमन्त्री
निजामती सेवा विधेयकविरुद्ध आन्दोलन गर्ने चेतावनी
लोकसेवा / रोजगारी
प्रदेस सचिब र स्थानीय तहको प्रमुख प्रसासकिय अधिकृत प्रदेस सेवाको हुने : बिधेयक बहुमतले पास प्रदेश निजामती सेवा तयार नहुँदासम्म दुबै पदमा कर्मचारी संघीय सरकारले पठाउने छ
64x64
सोमवार, असार १५, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
लोकसेवा / रोजगारी
आन्तरिक प्रतिस्पर्धाबाट माथिल्लो तहमा जान बन्देज ,नयाँ अनुहार प्रवेश गराउन खोजेको सांसदहरूको दाबी राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) को पदपूर्ति गर्दा खुला प्रतिस्पर्धाका लागि ८० र आन्तरिक बढुवामा २० प्रतिशत छुट्याइएको छ 
64x64
सोमवार, असार १५, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
प्यूठानका तीन पालिकामा उहीँ अनुहार, दुईको प्रयास असफल शुक्रवार, जेठ १३, २०७९ 154
अनमी ! अब गाउँपालिका उपाध्यक्ष
बुवाको हारलाई छोराले बिर्साइदिए
मोहन विक्रमको वडामा एमाले विजयी
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी
झिमरुक ४ मा पोखरेल विजयी
सत्यवतीमा एमालेले जित्यो
दोहोरिए विश्वकर्मा
पोष्ट
गाउँपालिका अध्यक्षमा १० मतले कांग्रेस विजयी गंगा खड्का
झिमरुक ४ मा पोखरेल विजयी आजको पोष्ट
झिमरुकमा जिसीभन्दा एमसी अगाडी आजको पोष्ट
समाज
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
दुर्गमका थापा, जो गाउँकै पहिलो अधिकृत ! बुधवार, माघ १९, २०७८
पुग्नै पर्ने गन्तव्य : शहिद पार्क बिहिवार, माघ १३, २०७८
राजनीति
बुवाको हारलाई छोराले बिर्साइदिए मंगलवार, जेठ १०, २०७९
मोहन विक्रमको वडामा एमाले विजयी मंगलवार, जेठ ३, २०७९
झिमरुक ६ मा एमालेका यूवा नेता पुन विजयी मंगलवार, जेठ ३, २०७९
आर्थिक
जाल्पाको हेडक्वाटर अब बुटवलमा
बुटवल जितगढी क्षेत्रमा बैंकको माग
संघर्षले सफलतामा दौडिएका बालाजु उपमहासचिव लड्दै
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2022 All rights reserved.
Web Design by : SoftNEP