प्यूठान : एमालेबाट छुट्टिएर गएपछि बनेको माधव कुमार नेपालको पार्टी नेकपा एकीकृत समाजवादीबाट प्यूठानका ६ स्थानीय तहमा जनप्रतिनिधी शून्य देखिएका छन् । माण्डवी गाउँपालिका, ऐरावती गाउँपालिका, स्वर्गद्धारी नगरपालिका, मल्लरानी गाउँपालिका, झिमरुक गाउँपालिका र गौमुखी गाउँपालिकामा समाजवादीका एक जना पनि निर्वाचित जनप्रतिनिधि छैनन् ।
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरु ती स्थानीय तहमा समाजवादीका लागि निर्वाचन कार्यालयमा सनाखत भएनन् । प्यूठानका स्थानीय तहमा नेकपा एमालेका १ सय ३० जना निर्वाचित जनप्रतिनिधी छन् भने समाजवादीका ७ जना मात्र खुलेका छन् । यसले जिल्लामा समाजवादीको उपस्थिती चिन्ताजनक रहेको देखाएको छ ।
समाजवादीमा खुलेका जनप्रतिनधिमध्ये प्यूठान नगरपालिका उपप्रमुख शान्ता आचार्य हुन् । उनी नेता बामदेव निकट हुन् । नगरपालिकाकै वडा नम्वर ९ का वडा सदस्य चित्रकली नगरकोटी र निम बहादुर घर्ति समाजवादीमा खुलेका छन् । त्यस्तै, सरुमारानी गाउँपालिका, गाउँ कार्यपालिका मनोनित सदस्य हलिम हलुवाई र टंक सुनारले आफूहरु समाजवादीमा भएको भनि सनाखत गरेका छन् । नौवहिनी गाउँपालिका वडा नम्वर १ का वडा सदस्य पूर्ण बुढा र दलसरा बि.क पनि समाजवादीमै खुलेका छन् ।
हेर्नुहोस् एमाले र समाजवादीको जनप्रतिनिधी संख्या :
| स्थानीय तह |
नेकपा एमाले |
नेकपा एकीकृत समाजवादी |
| सरुमारानी गाउँपालिका |
२५ |
२ |
| माण्डवी गाउँपालिका |
१६ |
० |
| ऐरावती गाउँपालिका |
५ |
० |
| स्वर्गद्धारी नगरपालिका |
२२ |
० |
| प्यूठान नगरपालिका |
२९ |
३ |
| मल्लरानी गाउँपालिका |
४ |
० |
| नौवहिनी गाउँपालिका |
१२ |
२ |
| झिमरुक गाउँपालिका |
६ |
० |
| गौमुखी गाउँपालिका |
११ |
० |
| जम्मा |
१३० |
७ |