प्यूठान : नेकपा एमाले गौमुखी गाउँपालिका संगठन कमिटीमा आबद्ध पदाधिकारी सहित सदस्यहरुले सपथ लिएका छन् । बुधबार ‘हामी एक ढिक्का छौं’ भन्दै सपथ लिइएको हो । ‘सर्वसम्मत नेतृत्व चयनका लागि बन्द सत्र स्थगित गरिएको थियो’,संगठन कमिटीका अध्यक्ष जुमानसिंह जिसीले भने, ‘सिंगो गाउँपालिका एकढिक्का साथ उभिँदै आज सपथ लिएका छौं ।’
सर्वसम्मत निर्वाचित कमिटीको उपाध्यक्षमा शुवास केसी, सचिव बसन्त चन्द, सह सचिव याम बहादुर थापा तथा दीपा बोहोरा लगाएत सदस्यहरु यसअघि नै सर्वसम्मत निर्वाचित भएका थिए । अध्यक्ष पदका जिसी र आकांक्षी ज्ञानुमाया केसी बीच सहमती नजुट्दा बन्द सत्र स्थगित भएको थियो ।