प्यूठान : राष्ट्रिय यूवा संघ नेपाल प्यूठान नगरपालिका कमिटीका अध्यक्ष गणेश रानाले आफू नेकपा एमालेमै रहेको प्रष्टोक्ती दिएका छन् । विहिवार उनले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै कांग्रेसमा प्रवेश गरेको भन्ने खबर भ्रमणपूर्ण भएको स्पष्ट पारे ।
छुट्टै सन्दर्भ र सामान्य भेटघाटलाई पार्टी छाडेको र प्रवेश गरेको भनि गरिएको दुस्प्रचारप्रति खेद प्रकट गरिएको उनले विज्ञप्ती मार्फत भनेका छन् । बुधवार नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुले राना सहितको टोली एमाले छाडेर कांग्रेसमा प्रवेश गरेको तस्विर सार्वजनिक गरेका थिए ।