प्यूठान : नेकपा एमाले प्यूठानले पार्टीका स्थायी कमिटी सदस्य मणीचन्द्र थापालाई समानुपातिक उमेदवार सिफारिस गरेको छ । सोमवार पार्टी कार्यालय विजुवारमा बसेको जिल्ला कमिटी बैठकले थापालई प्रतिनिधीसभा सदस्यका लागि समानुपातिक उमेदवार बनाउने निर्णय सहित केन्द्रमा सिफारिस गरेको हो ।
थापा पूर्व खानेपानी तथा सरसफाई मन्त्री हुन् । एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजनहुँदा थापा एमालेमै रहेका थिए । थापासँगै समानुपातिक सांसद्मा हिरा थापा, गोमा रेग्मी र मिना सोमै सिफारिस भएका छन् ।