प्यूठान : प्यूठानमा प्रतिनिधिसभा सदस्यतर्फ मंगलवार साँझ सात बजेसम्म दुई स्थानीय तहको मतगणना सकिएको छ । मतपरिणाम अनुसार एमालेका सूर्य थापा २ हजार ८ सय ४८ मतले अगाडी छन् । नौवहिनी गाउँपालिका र सरुमारानी गाउँपालिकाको मतगणना सकिएको हो । सूर्य थापाले १० हजार ३१ मत लिएका छन् भने प्रतिस्पर्धी राजमोकी दुर्गा पौडेलले ७ हजार १ सय ८३ मत लिएकी छन् ।