प्यूठान : प्रतिनिधीसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको प्यूठान नेकपा एमालेका सूर्य थापा झण्डै पाँच हजार मतान्तरले अग्र स्थानमा छन् । सरुमारानी, नौवहिनी र ऐरावती गाउँपालिकाको मत परिणाम सकिएपछि थापा ४ हजार २ सय ४५ मतले अगाडी छन् ।
तीनवटै पालिकाको मत परिणाम अनुसार थापाले १३ हजार ६ सय ८६ र राजमोकी दुर्गा पौडेलले ९ हजार ४ सय ४१ मत लिएकी छन् । शुरुवातदेखि नै अग्रस्थानमा रहेका सूर्य थापाले मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन् । अहिले गौमुखी गाउँपालिकाको मत गणना जारी छ । जिल्लामा नौ स्थानीय तह छन् ।