बुटवल : एमाले लुम्बिनी प्रदेशको सचिबमा दाङका लक्ष्मण आचार्य निर्बिरोध निर्वाचित भएका छन् । सचिवका अर्का प्रत्यासी गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता गरेपछि आचार्य निर्विरोध भएका हुन् ।
आचार्य यसअघि तदर्थ कमिटएको पनि प्रदेश कमिटी सचिव थिए । आचार्य नेकपा एमाले दाङको पूर्व अध्यक्ष समेत हुन् । अन्य पदमा निर्वाचिन प्रक्रिया शुरु भएको छ ।