प्यूठान : नेकपा एमालेको दशौँ जिल्ला अधिवेशनबाट तीन जना पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका छन् । मंगलवार भएको निर्वाचन प्रक्रियाबाट सचिवमा इन्द्रमणी पोख्रेल, उपसचिवमा हिरामणी भण्डारी र इश्वरा आचार्य सर्वसम्मत निर्वाचित भएका हुन् ।
बाँकी दुई पदमा भने निर्वाचन भएको छ । अध्यक्षमा विजयविराज विष्ट, मधुर शर्मा र अजयसिँह बीच प्रतिस्पर्धा भएको छ । उपाध्यक्षमा नेगनसिँह कुवँर र माधव शर्मा पौडेलबीच निर्वाचन भएको छ । मतदान सकिएको र मतगणनाको प्रक्रिया शुरु हुन थालेको एमालेले जनाएको छ ।
तीन पदाधिकारी सहित ८७ जना जिल्ला कमिटी सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । बिहान ९ बजेदेखि निर्वाचन शुरु भएको थियो । कुल ५ सय ४० मतदातामध्ये मा ५ सय २३ जनाले मतदान गरेका छन् । मतदान सकिएको छ केही समयपछि मतगणना शुरु हुने निर्वाचन मण्डलले जनाएको छ ।