गुल्मी : नेकपा (एमाले) गुल्मीमा नयाँ नेतृत्वका लागि सहमती जुटाउने विषयमा नेताहरुले प्रयास जारी राखेका छन् । मंगलवार पार्टीको १२ औँ जिल्ला अधिवेशनको खुल्ला शत्र सकिएपनि आज (विहिवार) सम्म नयाँ नेतृत्वका लागि सहमती जुट्न सकेको छैन् ।
‘सहमतीमै नेतृत्व चयन गर्ने प्रयास जारी छ’,गुल्मी इन्चार्ज सूर्य थापाले भने,‘निर्वाचन हुने भन्ने नै अहिले टुंगो लागेको छैन् सर्वसम्मतमै नेतृत्व चयन गर्छौ ।’
अध्यक्षका प्रत्यासी वर्तमान पार्टी अध्यक्ष बालसिँह काउछा र प्रदेश कमिटी सल्लाहकार सदस्य हिरा एसीले आ–आफ्नो अडान नछाडेपछि सहमती जुट्न नसकेको हो । पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, सचिवद्धय गोकर्ण विष्ट, पद्मा अर्याल र पोलिटब्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले सहमतीमै नेतृत्व चयनका विषयमा छलफल चलाइरहेका छन् ।