झिमरुक (प्यूठान) : नेकपा एमाले झिमरुक गाउँपालिकाको दोस्रो अधिवेशनले पदम खड्काको नेतृत्वमा ६५ सदस्यीय पालिका कमिटी निर्विरोध निर्वाचित गरेको छ । नव निर्वाचित अध्यक्ष खड्का यसअघि उपाध्यक्ष थिए । उनी स्थानीय तह निर्वाचनमा वडा नम्वर ३ को अध्यक्ष उम्मेदवार समेत हुन् । अधिवेशनले उपाध्यक्षमा रामचन्द्र भण्डारी, सचिव निम बहादुर सुनार, उपसचिवमा वसन्त बस्नेत र मेख बहादुर सुनारलाई चयन गरेको छ ।
अधिवेशनको नेकपा एमालेका पोलिटब्युरो सदस्य, प्यूठान इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले उद्घाटन गरेका थिए । नेता थापाले विभिन्न पार्टी छाडेर एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत समेत गरेको नव निर्वाचित अध्यक्ष खड्काले जानकारी दिए ।
गाउँपालिका कमिटीको यसअघि अध्यक्ष इन्द्रमणी पोख्रेल थिए । उनी हाल एमाले प्यूठानको जिल्ला कमिटी सचिव छन् ।