गौमुखी (प्यूठान) : नेकपा (एमाले) गौमुखी गाउँपालिका कमिटीको अध्यक्षमा पूनः जुमानसिँह केसी सर्वसम्मत निर्वाचित भएका छन् । गाउँपालिका कमिटीको सम्पन्न दोस्रो अधिवेशनले जिसीको नेतृत्वमा ४५ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो ।
कमिटीको उपाध्यक्षमा बिक्रम मल्ल, सचिवमा पदम केसी, उपसचिवमा मसिना के.सी र उपेन्द्र खड्का क्षेत्री निर्वाचित भएका छन् । अधिवेशनमा नेकपा (एमाले) पार्टीका पोलिटब्यूरो सदस्य, प्यूठान इन्चार्ज एवं प्रतिनिधीसभा सदस्य सूर्य थापा, प्रदेशसभा सदस्य तुल्सीराम शर्मा र जिल्ला अध्यक्ष विजयविराज विष्टले सम्वोधन गरेका थिए ।