बुटवल : नेकपा (एमाले)ले रुपन्देहीले निर्वाचन क्षेत्र नम्वर २ स्थित सैनामैना ४ मा निर्वाचन परिचालन तथा प्रचार–प्रसार कार्यालय स्थापना गरेको छ । बुद्धचोकमा कार्यालय स्थापना गरिएको हो । वडा नम्बर ४ का निर्वाचन परिचालन समितिका संयोजक चन्द्रकान्त भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्वाचन परिचालन समिति क्षेत्र नम्बर २ का संयोजक भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले रूपन्देहीका निवर्तमान जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नेकपा एमालेका जिल्ला सदस्य एवं प्रचार विभाग प्रमुख मिन प्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
रुपन्देही २ का उम्मेदवार विष्णु प्रसाद पौडेलज्यूले कार्यालय उद्घाटन गर्दै निर्वाचन अभियानलाई व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउनेतर्फ पार्टी पंक्तिलाई एकताबद्ध भएर लाग्न आग्रह गरे । सोही अवसरमा पौडेलले एमालेमा विभिन्न पार्टी छाडेर आएका व्यक्तिहरुलाई स्वागत समेत गरे । सैनामैनाका क्षेत्र नम्बर २ का वडा नं १, २, ३ र ४ को प्रचार–प्रसार समितिको कार्यालय स्थापना गरिसकिएको एमालेले जनाएको छ ।