काठमाडौँ : नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबार बस्ने भनिएको बैठक स्थगित भएको हो । बुधबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न नसकेपछि बैठक स्थगित भएको हो । सचिवालय बैठकपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो । दुई जनाको छलफलपछि बिहीबार भनिएको स्थायी कमिटी बैठक स्थगित भएको हो ।