पार्टीभित्रैबाट राजीनामा मागेपछि अप्ठेरोमा परेका ओलीले अब के गर्लान् ? भन्ने अड्कलवाजी सुरु भएको छ । जानकारहरुका अनुसार उनीसँग तीन विकल्प छन् । निकटहरुसँग परामर्श गर्दा समेत उनले तीनवटा विकल्पमा छलफल गरेको बुझिएको छ ।
पहिलो विकल्प पार्टीभित्रैबाट राजीनामा मागिएको अवस्थामा राजीनामा दिने र पार्टी फुटबाट जोगाउने, दोस्रो राजीनामा नगरी सेना परिचालन गरेर अघि बढ्ने र तेस्रो आफु पार्टी नफुटाउने अरुले फुटाए काँग्रेससँग मिलेर सरकार बनाउने । यी मध्ये कुन विकल्प रोज्छन् त्यो भने ओलीकै विवेकमा भर पर्ने नेताहरुको भनाइ छ ।