Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
मंगलवार, माघ १७, २०७९
सूचना विभाग दर्ता नं: २४७६/०७७-०७८
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
उफ ! गर्जेनीको जाम
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
स्वास्थ्य /शिक्षा
  • Home
  • News
  • बालरोग विशेषज्ञको सेवापछि विरामीको चाप
बालरोग विशेषज्ञको सेवापछि विरामीको चाप
64x64
शुक्रवार, पुष २२, २०७९ प्यार अलि खाँन

प्यूठान : जिल्ला अस्पताल विजुवार प्यूठानमा बालबच्चाका बिरामीहरू बढ्न थालेका छन् । बालरोग विशेषज्ञ डाक्टर आएसंगै बालबालिकाहरुको उपचार गर्न ल्याउनेको संख्यामा बृद्धि हुँदै गएको अस्पताल प्रशासनले जनाएको छ ।

दुई वर्ष अघिदेखि अस्पतालमा पहिलोपटक बालरोग विशेषज्ञ डाक्टर सौरभ श्रेष्ठको आगमनसंगै अस्पतालमा बिरामी किशोर किशोरी, बालबालिकाहरुले सहज उपचार सेवा लिन पाएका छन् । अहिले दैनिक औषतमा ३० देखि ३५ जना र अधिकतम ५० जना बालबच्चाको चेकजाँच हुँने गरेको डाक्टर सौरभ श्रेष्ठले बताए ।

‘कुनै महिनामा झण्डै ७ सय जनासम्म बिरामीहरू पनि हेरियो’, डाक्टर सौरभले भने, ‘अस्पतालमै उपचारका लागि ओपिडी तथा भर्नातर्फ हामीले सक्दो प्रयास गर्दै आएका छौं ।’ यसअघि प्यूठान अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बालबालिकाहरुको सहज उपचार सेवामा कठिनाई हुने गरेको थियो ।

चिसो मौसम बढेसंगै निमोनिया, श्वास्प्रश्वास, रुघाँखोकी सम्बन्धी बिरामी बच्चाहरु आउने गरेको अस्पतालले जनाएको छ । नवजात शिशुको मृत्युदरमा समेत कमी भएको अस्पतालले जनाएको छ । ‘बच्चाको उपचार संवेदनशील हुने गर्दछ’,‘एमडीजीपी डाक्टर सन्तोष केसीले भने, ‘बच्चाकै डाक्टर यहाँ हुँदा उपचारमा सहजता थपिएको छ ।’ बितेको चार महिनादेखि नवजात शिशु मृत्युदर शून्य भएको उनको भनाई छ ।

‘शल्यक्रिया वा सामान्यतया डेलिभरी गराउँदा बच्चाको डाक्टर साथमा नहुँदा चुनौती बढ्ने गरेको थियो’,केसीले भने, ‘अहिले हामी ढुक्कसंग शल्यक्रिया गर्दै आएका छौं ।’ जिल्ला अस्पतालमा अहिलेसम्म भेन्टिलेटर, आइसियू, एनआइसियू, पिआइसियू सेवा भने सूचार हुनसकेको छैन् । एनआइसियू सेवा मात्रै भएको भए बालबालिकाको रिफर संख्यामा धेरै कमी हुने डा.शौरभको भनाई छ ।

अस्पातलमा बच्चाको राम्रो डाक्टर आएको खबर सुनेरै आफ्नो ११ वर्ष छोरालाई उपचार गराउन अस्पताल आएको गौमुखी गाउँपालिका –७ नारीकोटकी कल्पना जिसीले बताईन् । बच्चाहरुको राम्रो उपचार भएकै कारण अस्पतालमा पटकपटक आउने गरेको प्यूठान नगरपालिका –७ पुण्यखोलाकी खिमा केसी सुनाउँछिन् । ‘पहिला पहिला बच्चा बिरामी हुने बित्तिकै बुटवल जान पर्दथ्यो, अहिले पर्दैन ।’ उनले भनिन् । डाक्टर सौरभ बिदामा बस्न मिल्ने हुँदाहुँदै पनि अस्पतालमा आएका बिरामी बच्चाहरु हेर्ने गरेको बताए । करार सेवामा कार्यरत डाक्टरको सेवा अवधि एक महिनापछि पुरा हुँदैछ ।

 


प्रकाशित मिति: शुक्रवार, पुष २२, २०७९, ०२:३२:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
परीक्षाको कापी फिर्ता नगरेपछि खनाल विरुद्ध प्रशासनमा उजुरी
कोरोनाको नयाँ भेरियन्टको जोखिम
उजिर सिंहमा रक्तदान
स्वास्थ्य /शिक्षा
लुम्विनी बौद्ध विश्वविद्यालयले भन्यो,‘भ्रम छर्न खोजियो, निन्दा गर्छौ’
64x64
बुधवार, मंसिर २८, २०७९ आजको पोष्ट
पुरा पढ्नुहोस्
स्वास्थ्य /शिक्षा
प्यूठानको स्वास्थ्यमा झिमरुक उत्कृष्ट, के गर्‍यो नविनतम काम ?
64x64
शनिवार, आश्विन १, २०७९ केशरराज क्षेत्री
पुरा पढ्नुहोस्
ताजा समाचार
उफ ! गर्जेनीको जाम आइतवार, माघ १५, २०७९ 137
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चोर समात्नुस्, दश हजार लैजानुस् !
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’
सहयोगदाताको भरोसाले ओखरकोटमा माबी चलाउने अभियान
लुम्बिनी प्रदेशमा माघ २ गते पनि सार्वजनिक विदा
अब झिमरुकको आफ्नै पाठ्यक्रम
पोष्ट
उफ ! गर्जेनीको जाम प्यार अलि खाँन
प्यूठानमा महिलालाई बेहोस बनाएर नगद र सुन चोरी बासुदेव गिरी
‘शिक्षा सुधार्न सवैको सहयोग चाहिन्छ’ बासुदेव गिरी
समाज
आहा प्यूठान ! मेटिएन प्यास आइतवार, आश्विन १६, २०७९
प्यूठानका दुर्गम बस्तीमा अझै पुगेन् विजुली सोमवार, भदौ १३, २०७९
‘डिमान्डेड’ मतदाता : सामुहिक माग थोरै, व्यक्तिगत धेरै शुक्रवार, बैशाख १६, २०७९
राजनीति
एमाले, कांग्रेस मिलेर स्थायी सरकार बनाउनुपर्छ : सूर्य थापा बिहिवार, मंसिर २९, २०७९
को हुन् प्यूठानका ५ सांसद् ? सोमवार, मंसिर २६, २०७९
यी हुन् सर्वाधिक मत लिएर विजयी हुने एमालेका ५ सांसद् आइतवार, मंसिर १८, २०७९
आर्थिक
आहा ! मनै लोभ्याउने गुल्मीका पार्क
‘सिपलाई जीवनशैली परिवर्तनमा उपयोग गरौँ’
चर्को ब्याज बिरुद्ध प्यूठानका व्यवसायी आन्दोलित
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशरराज क्षेत्री
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
२४७६/०७७-०७८
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • स्थानीय सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
  • #Surya Thapa
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2023 All rights reserved.
Web Design by : SoftNEP