प्यूठान : गौमुखी गाउँपालिका प्यूठानमा जिल्लाकै सबैभन्दा अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएको छ । पुलको लम्बाई ३ सय ७३ दशमलव ८० मिटर र उचाई १ सय ८० मिटर छ ।
गाउँपालिकाको वडा नम्वर ४ स्थित अर्खालामीडाँडा र गौमुखी वडा नम्वर १ स्थित रजवाराको देउरालीलाई जोड्ने गरी निर्माण गरिएको हो । यस पुल सञ्चालनमा आएसँगै स्थानीयवासीको दैनिक आवतजावत धेरै सहज भएको छ ।
यसअघि झण्डै डेढ घण्टा लाग्ने पैदल यात्रा अब पुल निर्माण भएसँगै आधा घण्टामै छोट्टिएको छ । पुलले विशेषगरी विद्यार्थी, बिरामी तथा कृषक वर्गलाई निकै राहत हुनेछ ।२०८१ सालको जेठ महिनामा दुई करोड ७२ लाख ७४ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य अधिकारी÷अपर तामाकोशी जेभीले सम्पन्न गरेको हो ।
गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले झोलुङ्गे पुलको निर्माणसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत यसले योगदान पु¥याउने विश्वास व्यक्त गरे । स्थानीय दैनिकीसँगै पर्यटन प्रवद्र्धनमा उल्लेख योगदान पुग्ने आशा गरिएको उनले सुनाए ।