झिमरुक (प्यूठान) : झिमरुक गाउँपालिका २ बाँदीकोटमा नेपाली कांग्रेसका कृष्ण पोखरेल विजयी भएका छन् । आइतवार राती सम्पन्न मतगणना अनुसार पोखरेल निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रत्न बहादुर खड्कालाई पछिपार्दै १ सय २९ मतको अन्तरले विजयी भएका हुन् । पोखरेलले ५ सय ३९ र खड्काले ४ सय १० मत लिएका छन् । विजयी पोखरेल नेपाली कांग्रेस झिमरुक गाउँपालिका समितिका पार्टी सचिव समेत हुन् ।