प्यूठान : सरुमारानी गाउँपालिका प्यूठानमा नेकपा एमाले फराकिलो मतान्तरले अगाडी देखिएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले ६ सय ४५ र नेपाली कांग्रेसका मुकुन्दराज शर्माले २ सय ४३ मत लिएका छन् । उनीहरुबीच ४ सय २ मतेको मतान्तर छ ।
उपाध्यक्षमा एमालेकी बसन्ता खड्काले ६ सय ४० र नेकपा माओवादीका गुप्त बहादुर रानाले २ सय ६९ मत लिएका छन् । उपाध्यक्षमा ३ सय ७१ को मतान्तर छ । यहाँ कांग्रेस र माओवादीको गठवन्धन छ । यो मतपरिणाम वडा नम्वर ६ को ९ सय ४० मत गणनाको हो । सरुमारानीमा कुल ८ हजार ९ सय ९४ मत खसेको छ ।