Navigation
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमवार, चैत्र ३०, २०७७
सूचना विभाग दर्ता नं: १५७०/०७६-०७७
  • गृहपृष्ठ
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • स्वास्थ्य /शिक्षा
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
समाज
  • Home
  • News
  • शाखा अधिकृत घर्तीले ल्याए ‘म परदेशी’
शाखा अधिकृत घर्तीले ल्याए ‘म परदेशी’
‘नासुको अन्तरवार्तामा पनि गीत सुनाए’
64x64
आइतवार, आश्विन ११, २०७७ केशरराज क्षेत्री

बुटवल : गुल्मीको मदाने गाउँपालिका १ अग्लुङका नारायण घर्तीको बाल्यकालदेखिकै रुचिको क्षेत्र हो ‘गीतसंगीत’ । चार÷पाँच वर्षको उमरदेखि उनीसँग गीत गाउँने प्रतिभा थियो । भविष्यमा कलाकार बन्ने उनको सपना थियो । ६ वर्षको कलिलै उमेरमा उनले आमा गुमाए । २०५० साल जेठ ३ गते आमा तिलकुमारी घर्तीको भीरबाट लडेर निधन भयो । सानै उमेरदेखि आमाको मायाँ पाउनबाट घर्ती बञ्चित भए । स्व.जननेता मदन भण्डारी र जीवराज आश्रित दासढुंगा दुर्घटना हुँदाको दिन र आमाको निधन संयोगबस उसै दिन थियो । घर्तीलाई हरेक वर्षको जेठ ३ गते दासढुंगा दुर्घटनाको देशभर चर्चा सुनिरहँदा आफ्नी स्व. आमाको निधनको घाउले पिरोल्छ ।

आमाको मृत्युपछि घर्तीले गीतमै ‘आमा’ शव्द मिसाएर गीत गाउन थाले । हरेक गीतमा उनले आमालाई सम्झने शव्द मिसाउथे । आफँै सृजना गरेर गीत गाउन थालेपछि उनप्रति गाउँलेहरुले अझ बढी मायाँ दिन थाले । उमेर बढ्दै जानथालेपछि गाउने कलामा अझ निखरता थपिदै गयो । कलाकारिता क्षेत्रलाई उनले डग्मगाएनन् ।

विद्यालयस्तरमा हुने सांस्कृतिक कार्यक्रममा घर्तीले जहिल्यै भाग लिने गर्दथे । तर, दोस्रो स्थान कहिल्यै हुन परेन् । पढाईकै शिलशिलामा उनले विद्यालय र गाउँघरमा हुने सयौँ सांस्कृतिक कार्यक्रममा भाग लिएका छन् । सवैमा प्रथम स्थान हासिल गर्दथे । सवै प्रतियोगितामा प्रथम हुँदै गएपछि उनमा अझ उत्साह बढ्दै गयो । एसएलसी सम्मको पढाई घर्तिले गाउँकै अग्लुङ मावीमा पढेका हुन् । त्यसपछिको उच्च शिक्षा पढ्न बुटवल बहुमुखी क्याम्पस झरे । बहुमुखीमा भर्ना भएपनि उनले नियमित कक्षा गुल्मीको तम्घासस्थित रेसुंगा बहुमुखी क्याम्पसमा पढे ।

रेसुंगा बहुमुखी क्याम्पसमा विभिन्न पार्टीका विद्यार्थी संगठनहरुले आयोजना गर्ने लोकगीत प्रतियोगितामा घर्तीले भाग लिने गर्दथे । त्यहाँ पनि उनी दोस्रो स्थान भएको अनुभव छैन् । तीन विद्यार्थी संगठनहरुले संयूक्त रुपमा आयोजना गरेको जिल्ला स्तरीय लोकगित प्रतियोगितामा घर्ती प्रथम भए । जिल्ला स्तरीय प्रतियोगितामै प्रथम भएपछि उनमा हौसलाको सिमा रहेन् । यसले पनि कलाकारितामा निरन्तर लाग्न थप प्रेरणा मिल्यो । जिल्ला प्रथम भएपछि उनलाई सदरमुकाम तम्घासमा परिक्रमा समेत गराइयो । बुटवल बहुुमुखी क्याम्पसमा घर्तीलाई लोकगित प्रतियोगितामा प्रथम भएको भन्दै भर्ना शुल्क र पुस्तकालयको शुल्क निःशुल्क गरियो ।

आइए सम्मको पढाई बुटवल बहुमुखीबाट सकाएपछि घर्ती माथिल्लो तहको पढाईका लागि काठमाण्डौँ छिरे । महेन्द्र रत्न क्याम्पसमा स्नातक तहमा भर्ना भए । गायन क्षेत्रमा जति प्रतिभा थियो पढाईमा पनि उनी त्यत्तिकै तेजिला हुन् । राजधानीमा छिरेपछि उनले आफ्नो कलाकारिता क्षेत्रलाई फराकिलो बनाउँदै लैजाने सोँच बनाए । दोहोरी साँझमा काम गर्न थाले । पढाई र कोठाभाडा खर्च व्यवस्थापनका लागि पनि उनी दोहोरी साँझमा काम गर्न थालेका हुन् । गायन र बाद्यवादनमा घर्तीको विषेश रुचि हो । तीन दर्जन बढी दोहोरी साँझमा घर्तीले काम गरे । ०६१ सालदेखि ०६६ सालसम्म उनले दोहारी साँझमा काम गरेका हुन् ।

कलाकारितासँगै घर्तीसँग सरकारी जागिर खानेपनि इच्छा थियो । तर, लोकसेवाकै लागि भनेरै उनी मरिहत्ते चाँहि गरेनन् । दोहोरी साँझमा काम गर्दै लोकसेवाका पुस्तकहरु पढ्दै गए । गाउँदै नायव सुव्वा (नासु)को तयारी गरेका घर्तिले पहिलो प्रयासमै नाम निकाल्न सफल भए । त्यसपछि उनको यात्रा मोडियो । उनी सरकारी जागिरे बने ।

नायव सुव्वामा अन्तरवार्ता दिँदा उनले आफ्नो परिचयसँगै गीत संगीतमा पनि रुचि भएको सुनाएका थिए । काठमाण्डौँको दोहोरी साँझमा काम गर्छु भनेपछि अन्तरवार्तामै उनलाई गीत गाएर सुनाउन भनियो । तर, घर्तीले आफ्नो प्रतिभालाई लुकाउन चाहेनन् । त्यहाँ पनि उनले गीत गाएर सुनाए । त्यसबेला उनले,‘बर्बर आँशु खसे, म रुँदा बगेको आँशु भेलले बगाउँदा निष्ठुरी मायाँलु जोगिएर बसे’ गित सुनाएका थिए । नासुको अन्तरवार्ता दिन गएका घर्तीले अन्तरवार्ताकारसामु गीत गाएर केही क्षण कोठालाई संगीतमय समेत बनाएपछि धेरैले आश्चर्य मानेका थिए । मेलापातदेखि विद्यालय, दोहोरीसाँझदेखि लोकसेवा अन्तरवार्ता दिँदासम्म उनको गायन यात्रा रोकिएन् ।

०६६ साल पुसमा नायव सुव्वामा नाम निकालेपछि उनी उच्च अदालत जनकपुर पोष्टिङ भए । चार वर्ष उतै कार्यरत भए । नीजामती क्षेत्रमा प्रवेशपछि उनको गायन क्षेत्रमा पूर्ण विराम त लागेन तर पहिलेको जस्तो निरन्तरता भने दिन सकेनन् । नीजामती क्षेत्रमा प्रवेशसँगै घर्तीले माथिल्लो तहको तयारी गरे । चार वर्षपछि ०७० साल भदौमा शाखा अधिकृतमा नाम निकाले । हाल उनी अधिकृत पदमै कार्यरत छन् ।

कोरोनाले मुलुक लकडाउन भएपछि ठप्प भयो । यही समयलाई सदुपयोग गरी घर्तिले आफ्नो गायन प्रतिभालाई आम श्रोता र दर्शकसामु ल्याउने सोँच बनाए । दशैँ नजिकिदै छ । धेरै नेपाली यूवाहरु घरखर्च धान्नकै लागि विदेशीभूमीमा छन् । कोरोनाले उनीहरु घर फर्किन पाएका छैनन् । नेपाली यूवाहरुको वास्तविक पीडालाई समेटेर घर्तिले ‘परदेशी’ बोलको गित निकाले । नेपाली यूवाहरुको वास्तविक पीडा झल्किने गरी गीत सार्वजनिक गरेपछि धेरैले रुचाएका छन् । दशैँमा आमाको हात खाली र विदेशी भूमीमा छोराहरुले भोगेको पीडा गीतमा समेटिएको छ । घर्तीको एकल आवाजमा सार्वजनिक भएको परदेशीमा लय गोविन्द न्यौपाने र म्यूजिक एरेन्ज रामचन्द्र चन्दले गरेका छन् । ‘सानैदेखि संगीतप्रतिको मोहलाई आज आएर सार्थक बनाएको छुँ’,३४ वर्षिय घर्तीले भने,‘म परदेशी धेरैले मन पराउनुभएको छ, लगत्तै तिहार सम्वन्धी गीत निकाल्ने तयारी गरेको छुँ ।’

हेर्नुहोस् म परदेशी भिडियो :


प्रकाशित मिति: आइतवार, आश्विन ११, २०७७, ०२:२६:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित
सम्पदा र झिमरूक
सम्झौतामा बिहे
समाज
शाखा अधिकृत नारायण घर्तीको तिहार कोशेली ‘भैलो आयो रे’ (भिडियो सहित)
64x64
शुक्रवार, कार्तिक १४, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
समाज
अस्पतालमा जनताका लागि अक्सिजन किन्ने बजेट छैन्, सांसद र पिएलाई दसैँ भत्ता वितरण
64x64
शनिवार, कार्तिक १, २०७७ आजको पोष्ट
पुरा पढ्नुहोस्
ताजा समाचार
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान शनिवार, चैत्र १४, २०७७ 281
प्यूठानमा १४५ जना पत्रकार
स्टाट नभएर धकेल्दा बस दुर्घटना
किन र कसरी हुन्छ मास हिस्टेरिया ?
उपल्लो तम्घास मावीलाई लोक दोहोरी प्रतिष्ठानको सहयोग
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई
सरकार र विप्लवबीच वार्ता शुरु
पोष्ट
प्यूठानमा १४५ जना पत्रकार आजको पोष्ट
स्टाट नभएर धकेल्दा बस दुर्घटना आजको पोष्ट
मन्त्री मणिले मागे माफी आजको पोष्ट
समाज
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी शनिवार, फाल्गुन २२, २०७७
सुरक्षित महिनावारी राष्ट्रिय अभियन्ता खड्का सम्मानित बुधवार, माघ १४, २०७७
सम्पदा र झिमरूक मंगलवार, कार्तिक २५, २०७७
राजनीति
विप्लवसँगको वार्ता सकरात्मक : भट्टराई बुधवार, फाल्गुन १९, २०७७
सरकार र विप्लवबीच वार्ता शुरु बुधवार, फाल्गुन १९, २०७७
सरकारले तीन वर्षमा के गर्‍यो ? सोमवार, फाल्गुन ३, २०७७
आर्थिक
नेपाल बैंकको डिजिटल लुम्विनी प्रदेश महा अभियान
कृषिले दियो बालशिक्षालाई कम्प्यूटर
अघोषित लोडसेडिङ नगर्न विद्यार्थी संगठनको ध्यानाकर्षण
सम्पर्क ग्रीक मिडिया प्रा.लि.द्धारा संचालित
आजको पोष्ट डटकम
बुटवल–८ रुपन्देही

सम्पर्क:
९८५७०७४६१०
इमेल:
[email protected]

प्रकाशक/प्रधान सम्पादक:
केशर बहादुर रोका
सम्पादक:
गंगा खड्का

सूचना विभाग दर्ता नं:
१५७०/०७६-०७७
मेनु
  • पोष्ट
  • समाज
  • राजनीति
  • आर्थिक
  • विशेष खोज
  • गाउँ सरकार
  • लोकसेवा / रोजगारी
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #Jhabindra bhusal
फेसबुक पेज
Aajakopost
© Aajako Post - 2021 All rights reserved.
Web Design by : SoftNEP