प्यूठान : माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकालाई खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाई कोष विकास समितिको सदस्यमा मनोनित गरेको छ । माघ २१ गतेको मन्त्रीस्तको निर्णयले रोकालाई तीन वर्षे कार्यकालका लागि सदस्यमा नियूक्त गरेको हो ।
देशभर रहेका ४ सय ६० वटा गाउँपालिकाहरु मध्येबाट रोकालाई मन्त्रालयले नियूक्त गरेको हो । समिति ७ सदस्यीय हुने मन्त्रालयले जनाएको छ । नेपाल सरकारलाई प्राप्त हुने वैदेशिक सहायता अन्तर्गत खानेपानी मन्त्रालयबाट विनियोजन हुने बजेटलाई परिचालन गरी ग्रामीण तहको खानेपानी समस्यालाई समाधान समितिले काम गर्ने रोकाले जानकारी दिए ।
यूवा अवस्थादेखि राजनीति क्षेत्रमा लागेका नेता रोका जिल्लाका ९ स्थानीय तहका प्रमुखहरुमध्ये उमेरका हिसावले कान्छा अध्यक्ष हुन् । यूवा अवस्थामा नै गाउँ सरकारको नेतृत्व सम्हालेका रोका हालसम्म जिल्लाका स्थानीय तहहरुमध्येमा विवाद रहित कार्यसम्पादन गरिरहेका छन् ।
