प्यूठान : अवरुद्ध भएर सुचारु गरिएको बाग्दुला बाहाने सडक फेरी अबरुद्ध भएको छ । ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । तीन दिन देखि जिल्लामा लगातार वर्षात भइरहेको छ । एक ठाउँमा गएको पहिरो खुलाउँदा अर्को ठाउँमा जाँदा सडक नियमित संचालन गराउन समस्या परिरहेको नौवहिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अरविन्द्रब्रह्मा पण्डितले जानकारी गराए ।
बर्षातका बाबजुत पनि अवरुद्ध सडक खुलाउनका लागि गाउँपालिकाले प्रयास जारी राखेको उनले बताए । नियमित झरी पर्दा यस सडकहुँदै ओहोरदोहोर गर्ने यात्रुहरुलाई वर्षेनी सास्ती हुने गरेको छ । लकडाउनले गाडीको चाप नभएपनि अत्यावश्यक काममा निस्केका सर्वसाधारण मर्कामा पर्ने गरेका छन् ।