अर्खाखाँची : रुपन्देहीको सैनामैनाबाट अर्घाखाँचीतर्फ आउँदै गरेको कार सन्धिखर्क नगरपालिका–७ नरपानीको दहखोलामा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ । चालक र एक यात्रु घाइते छन् । बा१७च ६९१७ नम्बरको रातो प्लेटको कार सडकबाट एक सय मिटर तल खस्दा दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको र सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । घाइतेलाई बुटवल पठाइएको छ । कार सडकको छेउबाट गुडेको र ब्रेक लगाउँदा खसेको हुनसक्ने उनले बताए ।