गुल्मी : धुर्कोट गाउँपालिका गुल्मीमा नेपाली कांग्रेसले महेन्द्र प्रसाद भण्डारीलाई गाउँपालिका अध्यक्ष उमेदवार बनाउने सर्वसम्मत रुपमा निर्णयका लागि सिफारिस गरेपछि सत्तारुढ गठवन्धन धरापमा परेको छ । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय उपाध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि भण्डारीलाई सर्वसम्मत गाउँपालिका अध्यक्षका लागि सिफारिस गरिएको कांग्रेस गाउँपालिका सभापती हरि बहादुर थापाले बताए ।
धुर्कोटको समग्र बिकासमा भण्डारीले देखाएको चासो र चिन्ताका कारण गाउँपालिकाले उनलाई अध्यक्षको उमेदवार बनाउने निर्णय भएको थापाले सुनाए । अहिले धुर्कोटमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा भुपाल पोखरेल र नेपाली कांग्रेसबाट उपाध्यक्षमा शिव केसी छन् । ०७४ को निर्वाचनमा माओवादी र कांग्रेसको तालमेल थियो । यसपाली माओवादीले पूनः पोखरेललाई नै दोहो¥याउने निर्णय गरेको छ । कांग्रेसको उमेदवारीपछि गठवन्धन भत्किएर एक्लाएक्लै प्रतिस्पर्धा हुने संभावना देखिएको छ ।