गुल्मी : धुर्कोट गाउँपालिका गुल्मीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच लिखित रुपमै चुनावी तालमेल भएको छ । संयूक्त प्रेस विज्ञप्ती सार्वजनिक गरी चुनावी तालमेल गरिएको दुवै दलले जानकारी गराएका छन् । नेकपा माओवादी केन्द्रलाई गाउँपालिका अध्यक्ष र एमालेलाई उपाध्यक्ष दिने सहमती भएको छ । अध्यक्षमा पूनः माओवादीका भुपालसिँह पोखरेल उमेदवार छन् भने एमालेबाट सिता गिरी उपाध्यक्ष उमेदवार छिन् । सात वटै वडामा सूर्य चिन्हबाट चुनाव लड्ने सहमती भएको छ ।
मुलुकलाई समृद्धको बाटोमा लैजानका लागि बामपन्थी एकताको अपरिहार्य भएकाले बामशक्तिबीच तालमेल गरिएको विज्ञप्ती मार्फत जानकारी गराइएको छ । धुर्कोटलाई नेपालकै नमुना गाउँपालिका बनाउने समेत विज्ञप्तीमा उल्लेख छ । चरणचरणमा भएका विभिन्न छलफलले निष्कर्ष निकाल्न नसकेपछि अन्ततः एमाले र माओवादीबीच तालमेल भएको हो । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा समाजवादीको छुट्टै गठवन्धन भएको छ ।