गुल्मी : प्रतिनिधीसभा सदस्यमा गुल्मी क्षेत्र नम्वर १ मा नेकपा एमालेका नेता प्रदिप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उमेदवारी दर्ता गराएका छन् । यी दुई नेताबीच यहाँ निरन्तर प्रतिस्पर्धा हुने गरेको छ ।
नेकपा एमालेका उपमहासचिव ज्ञवालीले ०५१ र ०७४ मा निर्वाचन जितेका थिए । उनी यसअघि परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री समेत भइसकेका छन् । उनी ०७० को निर्वाचनमा पराजय भएका थिए । ०७० मा चन्द्र भण्डारीले चुनाव जितेका थिए । यस निर्वाचन क्षेत्रका नागरिकहरुले दुवै नेतालाई आलोपालो सत्तामा पु¥याउने गरेका छन् । गुल्मीमा दुवै नेता जनताका प्रिय पात्र मानिन्छन् ।