बुटवल : अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर–६ निवासी बर्ष ३६ वर्षिय मधु कुमाल लामो समयदेखि पेट सम्बन्धी रोगले थलिएपनि आर्थिक अभावले उपचार हुन सकेको छैन् । आफै खर्च गरेर उपचार गर्न सम्भव नभएपछि उनले सहयोगको लागि याचना गरेकी छिन् ।
उपचारमा आर्थिक अभाव भएपछि सन्धिखर्क वडा नम्बर ६ को वडा कार्यालयले सहयोगको लागि आम नागरिकसँग आग्रह सहितको पत्र समेत सार्वजनिक गरेको छ । वडा अध्यक्ष श्रीधर महत्रा क्षेत्रीले कुमालको उपचारका लागि आर्थिक अभाव भएकोले सहयोग गरिदिन् सवैमा आग्रह गरे ।

कुमालका श्रीमान रेन बहादुर कुमाल मजदुरी गरेर जिविका चलाउँछन् । आर्थिक अभाव भएपछि अस्पतालसम्म पुगेर श्रीमतीको उपचार गर्न नसकिएको उनले दुःखेसो गरे ।