गुल्मी : गुल्मीमा चट्याङ लागेर ७ जना विद्यार्थी घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयका विद्यार्थी चट्याङ लागेर घाइते भएका हुन् ।
सोमबार दिउँसो तीन बजे विद्यालयमै चट्याङबाट विद्यार्थी घाइते भएको कुर्घा स्वास्थ्य चौकीकी प्रमुख ममता श्रीसले जानकारी गराईन । उनका अनुसार ४ जना विद्यार्थीलाई उपचारका लागि पाल्पा पठाईएको छ भने ३ जनाको उपचार कुर्घा स्वास्थ्य चौकीमै भईरहेको छ ।