बुटवल : टिकटिकमा सर्वाधिक चर्चामा आएका प्यूठान नगरपालिका ५ जुम्रिकाँडाका भेलुबाजे भनेर चिनिने मिन बहादुर बुढामगरलाई पत्नीशोक परेको छ । उनकी पत्नी ६१ वर्षिय बिष्णा बुढाको उपचारको क्रममा भारतको नयाँ दिल्लीमा मंगलवार निधन भएको हो ।
उनकी पत्नी केही वर्षदेखि विरामी थिइन् । गाउँको ‘टिपिकल’ भाषा बोलेर भेलुबाजे टिकटकमा सर्वाधिक हेरिने पात्रमा पर्छन् ।